१२ श्रावण २०८१, शनिबार
Logo

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरीको अध्यक्षमा सावित्री रिजाल

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) शिवपुरीको अध्यक्षमा सावित्री रिजाल चयन हुनुभएको छ ।


शनिबार शिवपुरीमा आयोजित भेलाबाट उपाध्यक्षमा सुन्तली तामाङ, सहसचिव चमेली तामाङ, कोषाध्याक्ष करुणा तामाङ चयन हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ३ महिने जनता संग माओवादी बिशेष रुपान्तरण अभियानको क्रममा अनेमसंघ (क्रान्तिकारी) शिवपुरी गाउँकमिटीको भेला द्वारा नयाँ नेतृत्व चयन गरिएको नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य राजन गौतमले बताउनु भयो ।


त्यसैगरी अभियानकै अवसरमा शिवपुरी ८ मा साविक थानापती गाबिस वडा नम्बर ४,६ र ७ अन्तर्गत टोलकमिटी गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य राधिका तामाङको उपस्थितिमा सम्पन्न भएको भेलाले सुजन डंगोलको नेतृत्वमा गठन गरिएको टोल कमिटीको सचीवमा राम बहादुर मिजार रहनु भएको छ

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्