१२ श्रावण २०८१, शनिबार
Logo

बेलकोटगढी ७- सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आर्थिक वर्ष २०७९÷८० को सुरुवातदेखि हाल सम्म वडा कार्यलयले सञ्चालन गरेको योजनाहरु तथा र कार्यन्वयनको अवस्थाको बारेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ ले नागरिकहरुलाई जानकारी गराएको छ ।


वडा कार्यालयको आयोजना तथा संकल्प नुवाकोटको संयोजनमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष भुबनेश्वर नेपालले प्राप्त बजेट, योजना र कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । सिमिति श्रोत साधनको उच्चतम प्रयोग गर्दै वडा कार्यलयले कार्य गर्दै आएको बताउनुहुदै वडा अध्यक्ष नेपालले विकास निर्माणको कार्यमा नागरिकबाट निरन्तर खबरदारीको अपेक्षा गरेको बताउनुभएको छ । चालु आर्थिक वर्षमा वडामा प्राप्त भएको प्राय सबै बजेट मार्फत योजनाहरुको कार्य सम्मपन्न भइ भुक्तानी समेत भइसकेको बताउनुभएको छ । वडाबाट सिफारिस लिन कुनै झनझट नभएको र त्यसो भएको खण्डमा प्रत्यक्ष रुपमा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ ।


साथै कार्यक्रममा वडा सचिब सुरेश सिलवाले चालु आर्थिक वर्ष २०७९÷८० मा वडा नम्बर ७ मा ८४ वटा जन्म दर्ता, ८० वटा विवाह दर्ता, ३४ जनाको मृत्यु दर्ता भएको र २ जनाले बसाई सरेर अन्यत्र गएको बताउनुभएको छ । साथै, वडा कार्यलयबाट यस आर्थिक वर्षमा विभिन्न शिर्षकबाट १२ लाख ३५ हजार ५ सय रुपैयाँ राजष्व उठेको बताउनुभएको छ ।


नगरपालिकाका उपमेयर शिव प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले प्रवाह गर्ने सेवा लगायत नगरपालिकाबाट वितरित योजनाको कार्यान्वयनका विषयमा सर्वसाधारणले राखेको जिज्ञासाको उपमेयर दाहालले जवाफ दिनुभएको थियो । उपमेयर दाहालले नगरपालिकाले गर्ने हरेक काम जनसमुदायसम्म पहुँच पुग्ने ढंगले प्रवाह भैरहेको भन्दै नगरले गर्ने हरेक कामलाई पारदर्शी रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । उपमेयर दाहालले साधन र स्रोतको अभावका बीच पनि प्राथमिकताका आधारमा योजना छनोट गरेर विकास निर्माणलाई अघि बढाउँदै जाने नगरपालिकाको योजना रहेको बताउनु भएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews


कार्यक्रममा बेलकोटगढी नगरपालिका कार्यलयका योजना शाखा प्रमुख शिबराम अभिकारी, नगर कार्यपालिका सदस्य गमला लामा, वडा सदस्य मनबिर मिजार, प्राबिधिक प्रतिक्षा केसी लगायतले नागरिकहरुको गुनासोलाई सम्बोधन गर्नुभएको थियो । सहभागीहरुले वडा भित्र भइरहेको विकास निर्माण कार्य, फोहोर मैला व्यवस्थापन, वडा तथा स्वास्थ्य सस्था लगायत सरकारी निकाले गरिरिहेको सेवा प्रबाहको बारेमा गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्