को हुन राधिका ? ५ बर्षमा केके गरिन ?

निडर र लक्ष्यप्रति दृढ स्वभावका राधिका तामाङ बाल्यकालदेखि नै राजनीतिक मैदानमा आउनु भएको हो ।
वि.सं. २०४० साउन १७ गते नुवाकोट शिवपुरी गाउँपालिका–३ (साविक लिखु गाविस–४) पोखरेमा जन्मनु भएकी राधिका १४ वर्षकै उमेरमा संगठित हुनुभएको हो ।
बुवा शेरबहादुर र आमा राम्री तामाङको ३ छोरीमध्ये कान्छी छोरी हुन राधीका । राधिका विद्यालय पढ्दै गर्दा ०५५ मा अनेरास्ववियु (क्रान्तिकारी)मा संगठित हुनुभयो ।
लक्ष्यप्रति दृढ स्वभावका राधिका तामाङ तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धको समयमा जनसरकार प्रमुख हुनुहुथ्यो ।
बुबाले नेपाली सेनामा रहेर काम गर्दा देखेको पीडा र आमाले पंचायतकालमा वडाध्यक्ष भएर राजनीतिमा देखाउनुभएको अग्रसरता र समाजमा व्याप्त विभेद र असमानताले राजनीतिमा होमिन प्रेरित गरेको बताउनुहुन्छ ।
उहाँले राजनीति थाल्दा नेपालमा अशान्ति थियो । त्रास थियो । देशको अवस्था कता जान्ने भन्ने अन्योल थियो । तर अन्याय र विभेदका विरुद्ध जनताको सचेत विद्रोह आवश्यक ठानेर उहाँ माओवादी जनयुद्धका निम्ति ०५७ बाट भूमिगत हुनुभयो । त्यो समयबाट राजनीति अँगाल्नुभएका तामाङ पार्टीको सैन्य संगठन जनमिलिसिया देखि एरिया कमिटी, जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्यको भूमिकामा पुगिसक्नुभएको छ ।
तत्कालिन समयमा विद्यार्थी संगठनमा बस्नु र माओवादीलाई समर्थन गर्नु पनि राज्यको नजरमा आतंककारी ठहरेपछि अध्ययन थाती राख्दै भूमिगत हुनुभएकी तामाङले धेरै पटक राज्यका सुरक्षाकर्मीसँगको मुठभेट बेहोर्नुभयो ।
तत्कालीन शाही सेनाको घेराबाट उम्केर बाँचेको अविष्मरणीय घटनाहरु ताजै रहेको उहाँ सुनाउनुहुन्छ । भूमिगत अवस्थामा निकै कष्टसाध्य अवस्थाहरु पार गर्दै नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, गोरखालगायत जिल्लामा संगठनात्मक कार्यमा सहभागी हुनुभयो । माओवादीले समानान्तर सत्ता अभ्यासका लागि स्थापना गरिएको जनसत्ताको नुवाकोट जिल्ला जनसरकार प्रमुख भएर वि.सं. २०६१ देखि ०६३ सम्म जिम्मेवारी निभाउनुभयो ।
०६२÷६३ को जनआन्दोलनपछिको राजनीतिक परिवर्तन र विस्तृत शान्ति सम्झौतासँगै सशस्त्र जनयुद्धको विधिवत् अत्न्य पछि खुला राजनीतिक जीवनमा सक्रिय रहनुभयो । युद्धकालमा पार्टीले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गरेकै कारण उहाँले युवा उमेरमै पार्टी र राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभयो ।
निवर्तमान प्रदेश उपसभामुख तामाङले २०७० सालको संविधानसभा निर्वाचनबाट संविधानसभा सदस्य र २०७३ साउन २९ देखि २०७४ जेठ २४ सम्म नेपाल सरकारको कृषिराज्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने २०७४ को निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ क बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभयो । त्यसपछि वाग्मती प्रदेशसभामा उपसभामुखको पद पाँच वर्ष कार्यकाल भर्खरै टुंग्याउनुभएको छ ।
आगामी मंसिर ४ मा हुने नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रत्यक्षतर्फ चुनावी मैदानमा हुनुहुन्छ राधिका तामाङ । अघिल्लो निर्वाचनमा वाम गठबन्धन अर्थात् नेकपा माओवादी केन्द्र र नेकपा एमालेको साझा उम्मेदवार बन्नुभएका तामाङ यस पटक प्रतिस्पर्धी दल नेपाली कांग्रेसको समर्थनमा चुनाव लड्दै हुनुहुन्छ ।
२०७४ को निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ क बाट प्रत्यक्षतर्फ निर्वाचित भएका राधिका तामाङले ५ बर्षे कार्यकालमा तल उल्लेखित कामहरु सम्पन्न गर्नुभएको छ ।
१. “भौतिक पूर्वाधारमा ध्यान, मानव विकास र आर्थिक समृद्धिमा जोड” भन्ने नाराका साथ प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङ देखि समुन्द्रदेवी, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको गुर्जेभञ्ज्याङ देखि समुन्द्रादेवी सम्म ८ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रे सम्पन्न , बाँकी सडकखण्ड समुन्द्रादेवी देखि मानेभञ्ज्याङसम्मको लागि ७२ करोड रुपैयाँको बहुवर्षीय योजना स्वीकृत भई निर्माण प्रक्रियामा रहेको ।
२. प्रादेशिक रणनीतिक सडक शिवपुरी ढलानघर, पञ्चकन्याको कुण्डला, घलेभञ्ज्याङ, कुलकुले भ्याङले हुँदै दुप्चेश्वरको समुन्द्रटार सडक ४० करोड रुपैयाँको बहुवर्षीय योजना स्वीकृत भई निर्माणाधीन अवस्थामा
३. रणनीतिक सडक टोखा, गुर्जेभञ्ज्याङ, छहरेसम्मको अधिकांश खण्ड कालोपत्रे र ढलान सम्पन्न, केही खण्ड निर्माण प्रक्रियामा रहेको ।।
४. शिवपुरी कृषि चक्रपथ निर्माण प्रक्रियामा रहेको ।
५. शिवपुरीको वडा नम्बर १ र वडा नम्बर ३ जोडने शिवालय पुल, शिवपुरी १ मा ज्यामिरे खोला पुल, तादी खोला भ्याङले पुल गरी तीनवटा पक्की पुलहरु निर्माण सम्पन्न ।
६.शिवपुरीको वडा नम्बर २ को लप्कालुङ खोला पक्की पुल, दुप्चेश्वरको वडा नम्बर ५ र ६जोडने चन्द्रवती खोला पक्की पुल, तादीको वडा नमबर १ र ३ जोडने दोर्खु खोला पुल, शिवपुरीको वडा नम्बर ६ र पञ्चकन्या जोडने शिवालय पुलहरु निर्माणको प्रक्रियामा रहेको
७. सहरे बेशीकसेरी जोडने झोलुङ्गेपुल., बैसाङ खोला झोलुङ्गेपुल दुप्चेश्वरको वडा नम्बर ४, पञ्चकन्या १ र लिखु ६ जोडने आपचौर झोलुङ्गेपुल, तादीको वडा नम्बर ४ र पञ्चकन्या ४ जोडने झोलुङ्गेपुल र दुप्चेश्वरको मुसाङ खोला झोलुङ्गेपुल निर्माण सम्पन्न
८.करीब ५ करोड रुपैयाँको लागतमा शिवपुरीको वडा नम्बर ६ स्थित घ्याम्पेश्वरीमा सहिद स्मृति रंगशाला निर्माण ।
९. शिवपुरी र तादी गाउँपालिकामा मिनी कोल्ड स्टोर निर्माण,
१०. शिवपुरीको वडा नम्बर ६ चापाबोटमा करीब पाँच करोड रुपैयाँको लगानीमा तामाङ साँस्कृतिक संग्राहलय बहुवर्षिय योजना स्वीकृत भई निर्माणधीन अवस्थामा
११. ५ करोड रुपैयाँको लागतमा ककनी, सुइरेचौर, चिसापानी, कुटुमसाङ र ४ करोड रुपैयाँको लागतमा कुटुमसाङदेखि ठाडेपाटी, गोसाईंकण्ड पदमार्गको ठाडेपाटीसम्म पदमार्ग निर्माण सम्पन्न ।
१२. राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुप्चेश्वर गाउँपालिकामा जटील सुत्केरीका लागि हवाई उद्धार सेवा सञ्चालन
१४.विदुर नरपालिकाकामा पोष्टबहादुर बहुप्राविधक शिक्षालयको स्थापना र शिवपुरीको सिक्रेमा कृषि प्राविधिक शिक्षा संचालनमा ल्याउनको लागी राधिका तामाङको प्रतक्ष्य संलग्नता ।
प्रतिक्रिया दिनुहोस्