१२ श्रावण २०८१, शनिबार
Logo

थप ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप  ५ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गर्दा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । थप २ सय २ जना सक्रमित निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९ सय २९ जना पुगेको छ । थप एक लाख १६ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्