१२ श्रावण २०८१, शनिबार
Logo

पार्टीको निती बिपरीत कार्य गर्ने काँग्रेसका २ नेता कारबाहिमा

पार्टीको निती नियम बिपरीत अभिब्यक्ती दिदै हिड्ने नेपाली काँग्रेसका सक्रिय सदस्य भगवान पौडेल र यमबहादुर थापालाई काँग्रेस नुवाकोटले कारबाही गरेको छ । आइतबार बिज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहनेकरी निश्कासन गरिएको छ ।


जिल्ला अनुशासन समितिको वैठकले पार्टीको जिल्ला कार्यसमितिका पूर्व उपसभापति यमबहादुर थापा र क्रियाशील सदस्य भगवान पौडेललाई पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरित कार्य गरेकाले निश्कासन गरेको बिज्ञप्तीमा उल्लेख छ ।
नेता थापा र पौडेल बैशाख २ गते नै नेकपा एमालेमा प्रबेस गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्