कबिताः अतृप्त नेपाल आत्मा

काजीखान
मेरो,
पंहेलो पिताम्बर त चिथोरिस,
के नै बाकिं राख्थिस र हरियो सारी?
निमोठेर मेरा अङ्गहरु,
मेरो पसिना छिमेकिलाई पोसिस।।
सिङ्गो खान नसकेरनै होला हैन?
तैंले मेरो चिरा लगाको!!
त्यसलाई धामी बनाको,
अनि तं डाङ्ग्रे बनेको?
कोहि नभएनि,
साक्षी छु,
राणाको कोतपर्वको,
सत्रहजार बिदुवाको,
नारायणहिटि नरसंहारको अनि
ढकालहरु रेटेको बज्रपातको
………………………..देख्छु,
दोषिहरु घरको न घाटको।।
यमराजको कठ्घरामा उभिएर,
यदि बक्सिस पांए भने,
मलाई मन छ,
लुटिखाने भुंडिहाल्ने,
गरिबमाथी गुडिजाने,
चिल्लोगाडी नरोकी लाने,
मेरो राष्ट्रिय झन्डा बोकि भाग्ने,
पर्सीएका बोकाहरुलाई
अस्ठमीमा वरको फेदमुनी भोक दिनु छ
छौंडाको रुप धारन गरेर श्वास नलि टोक्दिनु छ।।
हसुर्न मन छ मलाई
काट्टो
मेरै नाममा पापनिती गर्ने सन्डमुसन्डहरुको
प्रचन्ड झुन्डहरुको
मन छ मलाई
मेरो शिरमा आसिनको
जिउबाट छुट्याउन शिर
छिमेकी राजाका इन्द्रहरुको।।
सगोत्री पिचास मन्ड्राई र’को
यो पबित्र थलीमा
चड्छिन माता
निकाल्न आत्मा
सङ्कटा बनी
लिन्छिन हेरिरौ टुलुटुलु
नर बलि।।
अहोरात्र मसान झैँ
कि यसरी
या त्यसरी
मरन्पाटिमा अलुनो छाक बसेकालाई तर्साउन
छट्पटिएका मुर्कट्टाकै
काट्टो हसुर्न मलाई मन छ।।
प्रतिक्रिया दिनुहोस्