अन्तरपालिका स्तरीय भलिबल खेलमा दुप्चेश्वर विजयी सुरुवात

दुप्चेश्वर कप भलिबलको उद्घाटन खेलमा आयोजक दुप्चेश्वोर बिजयी भएको छ ।

दुप्चेश्वोर मन्दिर परिसरमा सम्पन्न भएको उद्घाटन खेलमा दोलखाको मेलुङ गाउँपालिकालाई २-१ अन्तरमा हराउँदै बिजयी भएको हो ।

कृषि, संस्कृति, पर्यटन र पूर्वाधार सन्तुलित विकास दुप्चेश्वरको आधार भन्ने नाराका साथ ७औँ दुप्चेश्वर अन्तर स्थानीय तह स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम ठकुरीले गर्नुभएको थियो । प्रतियोगितामा १२ वटा टिम सहभागी भएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा शंकर बहादुर थापा, माकुरी तामाङ, योबिन्द्र सिंह तामाङ, बिरवल तामाङ, कमल खतिवडा, राजकुमार पण्डित, सीता तामाङ लगायतले दुप्चेश्वर मन्दिर र दुप्चेश्वर गाउँपालिकाको अवस्था र भबिष्यमा गर्नुपर्ने कामका साथै गाउँ, पालिकाले गर्दैआएको खेलकुद प्रतियोगिताका बारेमा चर्चा गरिएको थियो






























प्रतिक्रिया दिनुहोस्