२५ मंसिर २०८०, सोमबार
Logo
final gp koirala advert

प्रतिनिधि सभाको भोलिको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने

प्रतिनिधि सभाको भोलि बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने भएकाे छ । 

संसदमा गएकाे आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ । ‘माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने’, सम्भावित कार्यसूचीमा भनिएको छ । 

यस्तै भोलिकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । संसद् बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्