तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व स्थगित, समाजसेवी शिव अधिकारीद्वारा एक लाख पुरस्कार घोषणा
नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी “अविरल“ ले तारुकाको ऐतिहासिक गोरूजुधाई पर्व स्थगित भए पनि किसानको मनोवल उच्च राख्न एक लाखको पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
उनले सामाजिक संजाल मार्फत उक्त पुरस्कार घोषणा गरेका हुन । हरेक बर्ष माघेसंक्रान्तिको दिन नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ३ चन्दनीमा आयोजना हुँदै आएको ऐतिहासिक गोरुजुधाई पर्व यसपटक कोरोना महामारीको कारण स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयले महामारीलाई मध्यनजर गर्दै जिल्ला भित्र २५ जनाभन्दा बढि भेला गरेर कुनैपनी सभा, सम्मेलन,मेला– महोत्सव आयोजना नगर्न निर्देशन जारी गरेको छ । तर तारुकाकै गौरवको रुपमा स्थापित गोरुजुधाई स्थगित भएपनि स्थानीय नागरिक र गोरुपालक किसानको प्रोत्साहनका लागि उक्त पुरस्कार घोषणा गरेको उनले जानकारी दिए ।
यो पुरस्कार रकम सबै गोरुपालक किसानलाई दामासाही हिसाबले प्रदान गरिने जनाइएको छ । “अनौपचारिक रुपमा गोरु जुधाएपनि नजुधाएपनि यो रकम सबै गोरुपालक किसानको मनोबल बृत्तिका लागि सहयोगसिद्ध हुनेछ, भन्ने मेरो बुझाई हो । यसका साथै स्थानिय क्षेत्रको बिकास, संस्कृतिको प्रवद्र्धन र जनजिबिकाका सवालमा विगतदेखीको मेरो क्रियाशिलता अझै मजबुत भएर लाग्ने सम्पूर्ण तारकेश्वरबासीमा प्रण समेत गर्दछु ।“ नेता अधिकारीले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्