१२ श्रावण २०८१, शनिबार
Logo

नेपालकै सबै भन्दा ठुलो सोलार ग्रिड आयोजनाको कार्यालयमा ताल्चा


नेपालकै सबै भन्दा ठुलो सोलार ग्रिड आयोजनाको कार्यालयमा ताल्चा लागेको छ ।
नुवाकोटको बिदुर नगरपालीका वडा नं ६ र १२ मा निर्माणाधिन रहेको सोलार ग्रिडमा स्थानीय युवा संघर्ष समितिले आइतबार ताल्चा लगाएको हो ।
सोलार प्रभाबित क्षेत्रको समस्या समाधानको माग गर्दै पटक पटक लिखितम आग्रह गर्दा समेत आयोजनाले स्थानियको मागलाई सम्बोधन नगरे पछि स्थानिय युवा संघर्ष समितीले आयोजनामा ताल्चा लगाएको हो ।
समितीले बिदुर नगरपालीका वडा नं ६ को ब्यारेक चोक देखी वडा नं १२ को ज्यामिरे मोड सम्म सडक स्तर उन्नती तथा कालोपत्रे गर्ने माग राख्दै आएको छ । सडक स्तर उन्नतीको काम थालनी नहुदा सम्म आयोजना क्षेत्रको सम्पुर्ण कार्य बन्द गर्ने संघर्ष समितीका संयोजक रोजिना ढुंगानाले बताउनु भयो ।
वातावरणीय प्रभाब मुल्याङकनमा समावेस भएका बिषय र आयोजनाको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन नभएकाले बिदुर १२ का युवाहरुले आयोजनाको कार्यालयमा ताल्चा लगाएर काम प्रभाबित बनाएका छन् ।
स्थानियवासी, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग बिगतमा आयोजनाले गरेको प्रतिबद्धता केहि पुरा नगरेकोमा स्थानियहरुले आक्रोश पोखेका छन् ।
स्थानिय युवा संघर्ष समितीको १५ दिने अल्टिमेटमलाई आयोजनाले गम्भिर रुपमा नलिगे पछि आफुहरु ताल्चा लगाउन बाध्य भएको संघर्ष समितीको सह संयोजक बिनोद कोइरालाले जानकारी दिनु भयो ।
बाताबरणिय प्रभाब मुल्याङकनको क्रममा समेत स्थानियहरुको जायज मागको सम्बोधन हुनु पर्ने उल्लेख छ तर हाल आयोजनाले सो कार्य गरि रहेको छैन ।
नेपाल बिद्युत प्राधिकरणको देबिघाट जलबिद्युत आयोजनाको पहुच मार्गको रुपमा रहेको सडकको अबस्था भने दयनिय छ । स्थानिय बासिन्दा तथा उपभोक्ताहरुले कष्टकर यात्रा गर्न बाध्य छन् । आफ्नै पहुच मार्गको रुपमा रहेको धुलो धुवा र कच्ची सडक स्तर उन्नती गर्न स्थानिय युवाहरुले पटकपटक घच्घचाँउदा समेत नेपाल बिद्युत प्राधिकरण मौन रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्