नुवाकोट सहित देशैभर सुरु भयो मतदाता नामावली संकलन बिशेष कार्यक्रम

मङ्सिर १७ गते शुक्रवार देखि मंसिर २७ गते सम्म १० दिनको लागी पहिलो चरणको मतदाता नामावली संकलन बिशेष कार्यक्रम सुरु भएको छ ।
नुवाकोट सहित देशैभर सुरु भएको मतदाता नामावली संकलन बिशेष कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले पहिलो चरणको नामावली संकलन कार्य सुरु गरेको निर्वाचन कार्यलय नुवाकोटले जानकारी दिएको छ ।
नुवाकोटमा शुक्रबार देखी ककनि गाउँपालीका, लिखु गाउँपालीका , सुर्यगढी गाउँपालीका ,दुप्चेश्वर गाउँपालीका ,शिवपुरी गाउँपालीका र किस्पाङ गाउँपालीका गरि ६ वटा स्थानिय तहहरुको केन्द्रमा काम सुरु भएको छ । बाकी रहेको स्थानिय निकायहरु बेलकोटगढी नगरपालीका, तारकेश्वर गाउँपालीका, पंचकन्या गाउँपालीका,म्यागङ गाउँपालीका र तादी गाउँपालीकामा मंसिर २८ गते देखी पौष ८ गते सम्म दोश्रो चरणमा नामावली संकलन गर्ने निर्वाचन कार्यलय नुवाकोटका प्रमुख राकेश गुरुङले जानकारी दिनु भयो ।
बिदुर नगरपालीका भित्र बसोबास गर्ने नागरिकहरुले भने जिल्ला जिर्वाचन कार्यलय नुवाकोट तथा जिल्ला प्रशासन कार्यलय नुवाकोटमा सार्वजनिक बिदाको दिन बाहेक सबै दिन नाम दर्ता गराउन सकिने बताइएको छ ।
नेपाली नागरिकता प्राप्त सबै नागरिकहरुले नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यलय नुवाकोटले आग्रह गरेको छ ।
जिल्ला बाहिर रहेका नागरिकहरुले भने आफुलाई पायक पर्ने ७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गएर नाम दर्ता गर्न सकिने निर्वाचन कार्यलय नुवाकोटका प्रमुख राकेश गुरुङले बताउनु भयो ।
आफू अहिले बसिरहेकै ठाउँबाट समेत मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन कार्यलय नुवाकोटले बताएको छ ।
यसैबीच निर्वाचन आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ । उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समय सम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्