१२ श्रावण २०८१, शनिबार
Logo

विश्वमा बढ्दो तापक्रमलाई राेक्न कार्बन उत्सर्जन ७ गुणाभन्दा बढी कटौती गर्नुपर्ने

संयुक्त राष्ट्रसंघले विश्वमा तापक्रमलाई १ दशमलव ५ सेन्टिग्रेडको सीमामा राख्न विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी काम गर्न आवश्यक रहेको जनाएको छ ।

बढ्दो तापमान वृद्धिलाई रोक्न राष्ट्र संघले विश्व समुदायले अहिले गर्दै आएका काम र योजना पर्याप्त नभएको जनाएको हो ।  बेलायतको ग्लास्गोमा जलवायु सम्मेलन हुन अघि राष्ट्रसंघले विश्वमा बढ्दो तापक्रम रोक्न प्रभावकारी कार्यक्रम र योजना ल्याउन विश्व समुदायको ध्यानाकषर्ण गराएको हो  ।

बेलायतमा आउँदो हप्ता जलवायु सम्मेलन हुँदैछ ।  संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यहि गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७ दशमलव ५ प्रतिशत अंश मात्र कम गर्ने प्रक्षेपण गरेको छ । तर पेरिस सम्झौताको तापक्रम लक्ष्यमध्ये सबैभन्दा महत्वाकांक्षी तापक्रम १ दशमलव ५ सेन्टिग्रेडसम्म राख्न ५५ प्रतिशत कटौती आवश्यक भएको कुरा राष्ट्र संघले स्मरण गराएको छ ।  

वैज्ञानिकहरुले कार्बन उत्सर्जन रोक्न सकिएमा मात्रै वायुमण्डलमा रहेका ग्यासको मात्रा स्थिर हुने र तापमान वृद्धि रोक्न सकिने बताएका छन् ।
 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्