१२ श्रावण २०८१, शनिबार
Logo

दल विभाजन अध्यादेशको विरोधमा एमालेले देशभर प्रदर्शन गर्ने

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गर्ने बताएको छ। एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा देशभर प्रदर्शन गर्न लागेको हो । 
युवासंघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राजधानीमा नयाँ बानेश्वर २ बजे र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा बुधबार प्रदर्शन गरिने जानकारी दिए । 
शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै आक्रोशित बनेको एमालेले अध्यादेश फिर्ताको माग गरेको छ । यस्तै राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्न नहुने समेत जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्