१२ श्रावण २०८१, शनिबार
Logo

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख बढी

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या आठ लाख दुई हजार पाँच सय ६६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यीमध्ये सात लाख २८ हजार पाँच सय ३२ नमुनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो भने ७४ हजार ३४ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार सात सय आठ जनाको पीसीआर र ६ हजार आठ सय ७४ जनाको एन्टिजेन गरी १८ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा तीन हजार नौ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको २१ प्रतिशतभन्दा धेरै हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७९ हजार चार सय ९५ जना पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

यही अवधिमा थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ३९ जना पुगेको छ ।

अहिले नेपालमा ३८ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ३६ जनाको आईसीयू र एक सय ८६ जानको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्