५ चैत्र २०८१, बुधबार
Logo

औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको बिन्दु हुनेछ भनेर ओलीले भन्नुभयो-प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठकको आयोजना गरियो भने त्यो नै फुटको घोषणाको बिन्दु हुने बताउनुभएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएकाे छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा सहभागी सचिवालय सदस्यहरुसँग उहाँले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले औपचारिक बैठक राखे पार्टी फुटको बिन्दु नै त्यही हुने बताउनुभएको ब्रिफिङ गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले औपचारिक बैठक नराख्न भनेपछि उहाँकै सल्लाहमा अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अनौपचारिक छलफलका लागि नाै जना सचिवालय सदस्यलाई नै बोलाइएको तर बैठकमा पाँच जना मात्रै सहभागी हुनुभएकाे प्रवक्ता श्रेष्ठको भनाइ छ । शुक्रबारकाे छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको थियो । 

बैठकमा प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनुभएन । औपचारिक बैठक भएको भए अनिवार्य उपस्थित हुनुपर्ने तर अनौपचारिक भएकोले कार्य व्यस्तताका कारण आउन नसक्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकले पछिल्लो समय देखिएका विवाद समाधानका लागि जतिसक्दो छिटो बैठक डाक्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

शनिबार ओलीलाई भेटेर सहमतिको आधारमा जतिसक्दो छिटो बैठक डाक्न आग्रह गरिने छलफलमा सहभागी भएका सचिवालय सदस्यहरुको भनाइ छ । प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक छलफल गरिएको हो ।

गएको भदौ २६ को स्थायी कमिटी बैठकले गरेको सहमतिअनुसार शीर्ष नेताहरु अघि बढ्न नसक्दा समस्या भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट, राजदूत नियुक्तिलगायत विषयमा विवाद हुँदा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीचको तिक्तता बढेको छ ।  

प्रतिक्रिया दिनुहोस्