१२ श्रावण २०८१, शनिबार
Logo

उपभोक्ता संरक्षण मंच नुवाकोटले १४ बुदे माग पत्र बुझायो ।

उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिती नुवाकोटले जिल्ला प्रशासन कार्यलय नुवाकोट मार्फत प्रधान मन्त्रीको कार्यलयलाई माग पत्र बुझाएको छ ।
बुधबार उपभोक्ता हित संरक्षण मंच नुवाकोटका अध्यक्ष इन्द्र पंडितले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल मार्फत माग पत्र बुझाउनु भएको हो । मंचको केन्द्रको निर्णय अनुसार नुवाकोटमा पनि माग पत्र बुझाएको मंचले बताएको छ । उपभोक्त संरक्षण मंच नुवाकोटले १४ बुदे माग पत्र बताइएको छ ।
ब्याबसायीको प्रभावमा परि कानुन कार्यन्वयन नगरिएको ,उपभोक्ताले उपभोग गर्ने बस्तु नियम बिपरित बिक्री बितरण भैरहेको तर नियमन तथा नियन्त्रणमा प्रभावकारीता नदेखीएको माग पत्रमा उल्लेख छ । नेपालको अर्थतन्त्र बिचौलिया अर्थतन्त्रको रुपमा बिकाश भैरको मंचले बताको छ । उपभोक्तलाई मर्का पर्ने गरि उपभोक्ता बिरुद्धको कसुर प्रदायकबाट क्षती बापतको क्षतीपुर्ती मुद्दालाई नेपाल सरकार वादी भई चलाउनु पर्ने ब्याबस्था गरि उपाभोक्तालाई मर्काका बिरुद्ध उजुर गर्न प्रोत्साहन गर्नु पर्ने माग राखेको छ ।

नेपाली बजारमा बस्तु तथा सेवाको कृतिम अभाव , कालाबजारी ,गुणस्तर हिन बस्तु र सेवा आयात र बिक्री बितरण, नाप तौलमा ठगी , उपभोग्य बस्तुमा बिषदीको प्रयोग, कर छली , एकाधिकार पुर्णबजार,बढ्दो दण्डहिनता, बजार अनुगमन र शुसासनको अबस्था कमजोर रहेकाले १४ बुँदे माग पत्र बुझाएको मंचले बताएको छ ।
माग पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी झंक नाथ ढकालले माग पत्र छिट्टै प्रधान मन्त्रीको कार्यलयमा पुर्याउने र नुवाकोटका बजारमा निगरानी बढाउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्