ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

 सिताराम अधिकारी

धादिङको सिद्धलेक गाउँपालिका ६ फिसटारमा ट्याक्सी दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ । सुत्केरी लिएर काठमाण्डौबाट धादिङबेशीतर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेशी सडकखण्डको पहिरोबाट खोलामा खसेको हाे । 

ट्याक्सी दुर्घटनामा परेर खनियाबास गाउँपालिका ४ की ५० वर्षीया विष्णुमाया तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जना घाइते भएका छन । दुर्घटनामा  घाइते हुनेहरुमा खनियाबास गाउँपालिका वडा नं ४ का २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीया सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं १३ का ६० वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

Nuwakot Fall Ceiling House and Decoration