दुप्चेश्वर गाउँपालिका वडा न. १ घ्याङफेदीको २९ घरपरिवारका २२४ जनालाई सुरक्षित स्थानमा सारियो ।

दुप्चेश्वर गाउँपालिका वडा न. १ घ्याङफेदीको नेगिखोलामा दुर्घटनाको सम्भावना बढे सगै जोखिम बस्ती सारिएको छ । दुप्चेश्वर गाउपालीकाका अध्यक्ष योबिन्द्र सिंह तामाङका अनुसार जोखिममा परेका २९ घरपरिवारमा रहेका २२४ जनालाई अस्थायी रुपमा सारिएको हो । गृहमन्त्रालयले उपलब्ध गराएको टेण्टमा अहिले उनीहरुलाई राखिएको छ ।
आज नागरिकहरुलाई अस्थायी रुपमा सारिएको हो । अहिले टेण्टमा सारिएका स्थानिय नागरिकहरु स्थायी बसोबासको ब्याबस्थापन नभए सम्म त्यही रहने गाउपालीकाले जनाएको छ । भुगर्भबिदको अध्ययन र सुझावमा मात्र अन्य कामको सुरुवात गर्ने बताइएको छ । ढुंगा फुटाएर जोखिम नहुने भएमा ढुंगाको दिर्घकालिन ब्याबस्थापन गरेर बस्ती सोही स्थानमा पुन स्थानान्तरण गर्नेे गाउपालीकाले बताएको छ ,भने जोखिम कायमै रहेमा एकीकृत बस्ति बनाएर एकै ठाउमा राखिनेछ ।
संघिय सांसद हित बहादुर तामाङ्गले केही दिन अघि उक्त जोखिम बस्तीको निरीक्षण गर्नु भएको थियो । निरीक्षणको क्रममा सांसद तामाङले बस्ती सुरक्षीत स्थानमा सार्न आफु लागी पर्ने बताउनु भएको थियो । सुरक्षित स्थानमा बस्ती सारे सगै सांसद तामाङले स्थायि बसोबासको लागी नागरिकहरुललाई आबश्यक पर्ने सहयोग उपलब्ध गराउने बताउनु भएको छ ।
पुर्खौ देखी उक्त ढुंगामा रहेको ओडारलाई नागरिकहरुले आफ्नो दैनिक क्रियाकलापमा प्रयोग हुने सामान राख्ने गर्थे । गोठालो जादा ,घाँस दाउरा लिन जादा ओत लाग्ने ठाउ रहेको थियो उक्त ओडार । गाई गोरु, बाख्रा बाध्ने गोठ जस्तै बनेको ओडारका ढुंगाहरु अहिले टुक्रन थालेको छ । ढुंगा जुनसुकै समयमा खस्न सक्ने भन्दै बस्ती सारिएको हो । उक्त ढुंगा हजारौ टनको रहेकाले उक्त ढुंगा पल्टिएमा परपरको बस्तीमा कम्पन्न उत्पन्न हुने , पहिरो जाने, खोलाखहरे थुनिने सम्भावना रहेकाले चनाखो हुन अनुरोध गरिएको छ ।
बस्ती देखी माथि रहेको पाल्छोङ ऊ नाम गरेको ओडार माथी रहेको ढुंगाले आफ्नो स्थान छाड्दै गएपछी बस्तीमा रहेका नागरिकहरु त्रसित बनेका थिए । उक्त, ढुंगा बस्तीमा झरेमा पुरै बस्ती नै ध्वस्त हुने स्थानियहरुले बताउदै आएका छन् । बर्सातको समय रहेकाले अहिले बस्तीका नागरिकहरुलाइ अस्थायी रुपमा करिब ३ महिनालाई सारिएको अध्यक्ष योबिन्द्र सिंह तामाङले बताउनु भयो । अध्यक्ष तामाङले जोखिम बस्तीबाट सारिएका गर्भबती , सुत्केरी ,जेष्ठनागरिकहरुको डाइड्रोपावरले बनाएको संरचनामा उचित ब्याबस्थापन गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्