१२ श्रावण २०८१, शनिबार
Logo

रणभुबनेश्वरी माबिको हाता भित्र बृक्ष रोपण सम्पन्न

बिदुर नगरपालीका वडा नं ३ मा रहेको रणभुबनेश्वरी माध्यामिक बिद्यालयले बिद्यालय हाता भित्र बृक्ष रोपण गरेको छ ।
सरकारी निती तथा शिक्षा नियमावली अन्तर्गत रहेको “ बिद्यालय हराभरा” कार्यक्रमलाइ अनुसरण गरेको प्रधानाध्यापक केशबराम तिमल्सिनाले बताउनु भयो । उहाका अनुसार भौतिक दुरी कायम गरि एक ब्यक्ती एक बिरुवा रोपिएको हो ।
बुधबार बिद्यालय हाता भित्र धुपी,अशोका ,रुद्राक्ष ,बिभिन्न जातका फूलहरु गरि करिब २०० भन्दा बढी बिरुवा रोपिएको छ ।
बृक्षरोपाण कार्यक्रममा बिदुर नगरपालीका वडा नं ३ का अध्यक्ष बद्रि प्रसाद रिमाल ,देबिघाट जेष्ठ नागरिक केन्द्रका अध्यक्ष बिष्णु प्रसाद नेपाल , नुवाकोट प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष शम्भु प्रसाद शर्मा , बिद्यालयका पूर्व शिक्षक ,शिक्षकहरु , बिद्यार्थी तथा अभिभावकहरुकोे सहभागिता रेहको थियो ।

प्रतिक्रिया दिनुहोस्