पहाड र च्याउ
- डा.हरि प्रसाद सिलवाल
प्रिय पहाड सलाम छ !
म तिमीले उचालिरहेको च्याउलाई
तिम्रो सानो परिचयदिँदै छु–
पहाडले पहाड छेक्न सक्दैन,
किनकि उक्लि रहेछन् प्राणीहरू–
एक पहाड चढेर अर्को पहाड सम्म .
पहाडले घाम–पानी छेक्न सक्दैन,
टन्टलापुर घामका किरणले चुमेका छन् बेसीहरू र,
दुबाका मन्टा र टाँकीका लहरामा झरिरहेछन् झरीका झारीहरू .
पहाडमा स्वयंसिद्ध सुखको ? दुःखउम्रिँदैन,
सुख फलाउन दुःख रोपि रहेछन् खेतालाहरु ?–
पसिनाको नूनिलो नदी तालुबाटै कुलो बगाएर .
पहाड स्वयंसिद्ध दुःखको ढिस्को पनि हैन,
गाउँदै छन् प्रियतमह ? लालुपातेको फूल जस्तैै
जवानीका सुसेलीहरू सुसाएर .
पहाडले बाटो छेक्न सक्दैन,
उक्लिँदै छन् पहाडी नवमार्गका नागबेलीहरू
पहाडबाट पहाडह ? लाई टेकेर .
पहाड सोचे जस्तो अग्लो छैन,
जब पहाडकोे शिरमा यात्रीले पाइला टेकाउँछन्
तब पहाडले आफ्नो औकात महशुस गर्दछ .
पहाड तराई भन्दा अग्लो छैन,
धानगहूँँ र चामलको तुलोमा जोख्दा
पहाड तराई भन्दा माथि जान्छ तुलोमा
यहाँ माथि देखिनु पनि अग्लो नहुनुकोे परिचय हो .
उत्पादनको भारले तराई सधैँ अग्लि रहेछ .
पहाड सामन्त पनि छैन,
मधेस झर्दा पहाडले साथमा
परिश्रमी इन्द्रियहरुसँँगै बोकेरैै झर्दछन् .
पहाड बिदेसिन पनि सक्दैन,
जब समुद्रपारि जागिरको बोट छाम्न थाल्छ
विश्राममा त्यो बोटभन्दा पहाडलाई बढी छाम्छ .
पहाड दुर्गम पनि छैन,
टाढा देखि पाहुनाहरू आतुर खुट्टा उचाल्दै क्यामेरा भिरेर
पहाड चढ्न पालो कुरिरहेछन् .
पहाड त मौनवर्ती मिथक तपस्वी हो,
जसका दन्ते कथाहरु सुनाएर लोक साँझमा
भोका नानीबाबुहरूलाई भोक खप्न भु लाइन्छ .
पहाड मुर्ख पनि छैन,
आफूमाथि उड्ने हवाइ चरीलाई हेरेर
ब्रह्माण्ड अनुमान पढिरहन्छ आधुनिकता छामेर .
पहाड अलग पनि छैन,
नदी र झरनाका रसायनमा जोडेर
पहाडले पहाड सितमाला बुनेको छ हरियो .
पहाड म भन्दा औधी बोलक्कड छ,
बकबासहरु भन्दा पहाडको शालीन चित्रले युग( युगान्तर बोलेको छ .
पहाडको कोही दुष्मन मन पनि छैन,
उसका अघिल्तिर पुगेपछि
सबै नतमस्तक हातजोडेर नमस्कार गर्छन् .
पहाडसित वैरभाव राख्ने एक मात्रै शत्रु छ–
त्यो त्यही च्याउ हो, जो पहाडको काँध चढेर
म अग्लो छु भनी धाकमार्दछ .
ए च्याउ ! म तिमीलाई एउटै प्रश्न गर्दछु–
तिमी कसको बुइमा टेकेर अग्लिएका छौ ??
लेखक आरआर क्याम्पसका साहायक क्याम्पस प्रमुख हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्