१२ श्रावण २०८१, शनिबार
Logo

विश्वभर कोरोना सङ्क्रमितको संख्या ५४ लाख नाघ्याे

विश्वभर कोरोना सङ्क्रमितको संख्या ५४ लाख नाघेको छ ।

विश्वका विभिन्न देशमा गरी ५४ लाख ४ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २२ लाख ४७ हजार २ सय ३४ जना निको भएका वल्डओमिटरले जनाएको छ । वल्डओमिटरका अनुसार उपचार गराइरहेका २८ हजार १३ हजारभन्दा धेरै मध्ये २ प्रतिशत अर्थात साढे ५३ हजार जनाको अवस्था जटिल रहेको र २७ लाख ५९ हजार भन्दा धेरैको अवस्था सामान्य छ । ३ लाख ४३ हजारभन्दा धेरैको भने ज्यान गएको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै १६ लाख ६६ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा साढे ९८ हजार भन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकाको न्यूयोर्कमा मात्रै ८४ जनाको ज्यान गएको गभर्नर एन्ड्रयू क्यूमोले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यो तथ्याङक १ सय ९ दिनको भन्दा कम हो । यसअघि गएको अप्रिलमा न्यूयोर्कमा मात्रै दैनिक एक हजार भन्दा धेरै मानिसको कोरोना सङ्क्रमणका कारण ज्यान जाने गरेको थियो । गएको २४ घण्टामा अमेरिकामा मात्रै १ हजार भन्दा धेरैको ज्यान गएको हो ।

Shivapuri rural municipality awareness message jalapanews

यस्तै भारतमा गएको २४ घण्टामा साढे  ६ हजारभन्दा धेरै कोरोनाका नयाँ बिरामी थपिएसँगै १ लाख ३१ हजार ४ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ४२ जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म ३ हजार ८ सय ६८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्