विदुर नगरपालिका वडा नम्बर १२ मा १७ सदसीय राहत व्यवस्थापन समिति गठन
विदुर नगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष सिताराम अर्यालको संयोजकत्वमा १७ सदसीय राहत व्यवस्थापन समिति गठन गरिएको छ ।
।समिति गठन भए पछि कोषमा १ लाख १४ हजार रमम जम्मा भएको अध्यक्ष सिताराम अर्यालले जानकारी दिनु भएको छ । उहाँका अनुसार कोषमा रहेको रकमले वडा नं १२ साबिकको चारघरे गाबिसका स्थानियको लागी खाद्यन्न, अत्याबश्यक औषधी खरिद,लगाएतमा खर्च गरिने भएको छ ।
विदुर नगरपालिका वडा नं. १२ मा हुने विपत्तिको समयमा सहयोग गर्न राहत व्यवस्थापन समितिलाई लक डाउनको समय पछि पनि निरन्तर सक्रिय गराइने वडा न्ां १२ ले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्