११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

लकडाउन


–वैरागी जेठा
हामीले भोग्नै,पर्ने कुराहरु धेरैछन्
भर्खर तेत्तिस दिन हिँडीरहेछौँ
लकडाउँनको यात्रा ।
अझै जटिल हुनसक्छन्
हाम्रा जीवनहरु
कयौँ मान्छेले ,भोक्कै देह त्याग गर्नुपर्ने हुन्छ
यस्तै यस्तै परिस्थिति भइरहँदा
शहर आएका गाउँ
गाउँ गएका शहर आवत जावत
चलिरहन्छ ,यात्राको जिन्दगीमा
दिन वितेकाहरुको के कुरा भो र
स्कूले भाइ बहिनीको सवाल छ
आकाशका तारा झैँ , चम्कन खोजेका नानीहरुबारे
गम्भिर हुन, आवश्यक छ
समय यही गीत गाइरहेछ
साना साना दियालाहरु
बल्ने समय हो यो
उनीहरुका ताजा चेतनाहरु
लालीगुँरास फुल्न पाउँने समय हो
धर्तीभरी ।
उनीहरु वसन्त हुन
उनीहरु कल्पवृक्ष हुन
लकडाउँनले गम्भिरता देखाउँनु पर्छ
लाखौँ मानिससँगै ,उनीहरु सती जान सक्दैनन
हामीले बुझ्नै पर्छ ।
उनीहरुको संसार भत्काउँन हुन्न
हाम्रा बौद्धिक चेतनाले
कोरोनाका आक्रमण बाट
घाइते हुनुहुन्न,हाम्रा बालबालिकाहरु
उनीहरुको दुःख हाम्रो हो
त्यसैले विद्यालय शुचारु हुनुपर्छ
म भनिरहेछु ।
तिमी सत्ता चलाउन युद्ध गर
तिम्रो स्वार्थमा ,उनीहरु प्रयोग हुनुहुन्न
दुनैका मगर्नीहरुझैँ ।
हरेक गाउँहरुका आँखा ओभानो हुन नपाउँदै
कोरोनाका नाउमा ,लकडाउँन छ
स्वार्थका पोखरीहरु उम्लिएका छन्
यहाँका घरहरु ,युद्ध चाहिरहेछन्
म त्यसको विरुद्धमा छु
कोरनाले जित्नुहुन्न भन्दाभन्दै
मान्छेहरु ,जिताउँन हिँडीरहेछन्
कोरोनाले युद्धबाट व्याक हुनै पर्छ
लकडाउँन ,लकडाउँन जस्तो छैन
अघोरीहरु ,रुवाबासी गर्दै दौडिरहेछन
मिथ्यामा ।
लकडाउनमा
सबै शहर ,गाउँले
मजदूर र किसानहरुले बुझेकै छैनन
हामीसबै एउटै भीरबाट हिँडीरहेछौँ
पहाड ,तराई बेसीले
लकडाउँन बुझेका छैनन
एकाएक आत्तिएर ,बाटो रोज्दैछन
शैलुका रुखहरु ।
कोरोना कोरोना भन्छन्
हिमश्रृंखलाहरु ।
मान्छेले बुझ पचाएर
सडक भीड गरिरहेछ
पिच्च भित्तामा थुकेर ।

प्रतिक्रिया दिनुहोस्