इच्छुकका पाइलाहरु

वैरागी जेठा
इच्छुकका पाइलाहरुसँगै
हामी मान्छेका मुहार फेर्न हिँडेका यात्री हौँ
वर्तमान शासकहरु , उदास बनाउँन खोज्दैछन्
हरेक कुरामा राजनीतिले छुन्छ
जसरी अहिले कोरानाले छोएको छ
हामी विधानका हरपमा गुडिरह्यौँ
उनका पाइलाहरुसँगैँ भोकाहरुले पेट भरुन्
हाम्रो भनाइ हो नीति त शासकहरुले बनाउँने हो
हामीलाई संस्कार चाहिएको छ
हरेक किसानको चुलो बल्नु पर्छ
समाजवाद सबैलाई बाँड इच्छुका पाइलाहरु
एक इन्च हट्ने छैनन् आऊ मानवताको पालना गरौँ
आऊ मानिसका ढुकुटीहरुमा इमान भएर
। यतिबेला मान्छेलाई
आशावादिको पहाड चढाउँनु छ सजिव भएर ।
कोरनाले झैँ चेतना वन्द गर्न नखोज
सडकमा मह खोजिरहेछन् वर्तमानका जीवहरु
सन्सार जटिल यात्रा गरिरहेछ
हामी पनि ,त्यसै दगुरिहेछौँ
भाइरसको युद्ध चर्केर अगाढि बढिरहेछ
हामीले सामाना गर्नु छ इच्छुका पाइला छामेर
मान्छेहरु , फाटफुट निस्कँदैछन् शहर
,गाउँहरु बाट बाटा र गोरेटामा हिँड्नेहरु
आफूलाई नियाली हेर
बेग्लाबेग्लै दिशातर्फबाट आएका हुरीहरु
समाजका लागी खतरनाक छन्
चर्कापाराले लडिन्छ युद्ध
कोरानाका भीडसँग उज्यालो नेपाल बनाउँन
खतरनाक लाल्टीन बालिन्छ
हरेक मैदानमा विशिष्ट मानव यात्रा गर्न
हामीले इच्छुकका पाइला पछ्याउँनु पर्छ
कञ्चनिएर अब कठोर लप्काहरु निभाउँदै
विचारको गोरेटो हिँड्नु पर्छ हाम्रो समाज ।
प्रतिक्रिया दिनुहोस्