२१ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

घर जान नपाएका मजदुरलाई ट्रेड युनियनकाे खाद्यान्न सहयोग

लकडाउनका कारण घर समेत जान नपाई समस्यामा परेका बिदुर नगरपालिका वडा नम्बर ५ मा रहेका १४ जना मजदुरहरुलाई नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले खाद्यान्न उपलब्ध गराएकाे  छ ।
शनिवार यशाेदादेबी भगवानसिं केसी मेमाेरियल ट्रष्टकाे समन्वय र आर्ट अफ लिभिङकाे सहयाेगमा प्राप्त खाद्यान्न पिपलटारमा रहेका मकवानपुर स्थायी ठेगाना भएका मजदुरहरुलाई युनियनका अध्यक्ष शिव देबकाेटाले  बितरण गरे । ५ नम्बर वडाकी वडा सदस्य पातली नेउपाने र प्रहरी सहायक निरीक्षक गजेन्द्र यादवको रोहबरमा प्रती ब्यक्ती १० किलाे चामल,४ किलाे च्युरा,२ लिटर तेल,४ गाेटा साबुन,२ प्याकेट नुन र २० प्याकेट चाउचाउ र १ किलाे दाल उपलब्ध गराईएकाे अध्यक्ष देबकाेटाले जानकारी दिए ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्