२९ माघ २०८१, मंगलवार
Logo

प्रधानमन्त्री ओलीले आज बेलुका देशवासीका नाममा सम्बोधन गर्ने

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

कोरोना भाइरसबारे डर र आशंका बढेपछि यसबारे स्पष्ट पार्न प्रम ओलीले आज (शुक्रबार) बेलुकी साढे ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको  उहाँको निजी सचिवालयले जनाएको छ ।  

सम्बाेधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामका लागि सरकारले अपनाएको सतर्कता र तयारीबारे जानकारी गराउनु हुनेछ । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताए पनि सरकारले उच्च सतर्कता अपनाएको बताइरहेको छ ।

सतर्कताका लागि भन्दै सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने, पौडी पोखरी, रंगशाला, क्लब, तथा डान्स बार बन्द गर्ने लगायतका निर्णय गरिसकेको छ भने सकेसम्म काम नपरेसम्म घर बाहिर हिडँडुल नगर्न पनि आग्रह गरेको छ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्