२३ कार्तिक २०८१, शुक्रबार
Logo

प्रजातन्त्र दिवस नुवाकोटका बिभिन्न स्थानहरुमा बिभिन्न कार्यक्रम गरि मनाईयो

चौथो निर्वाचन दिवश तथा ७० औ राष्ट्रिय प्रजातन्त्र दिवशको अबसरमा बुधबार बिदुरमा निर्वाचनमा सरोकारवालहरुको भूमीका बिषयक अन्तरक्रिया तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार जिल्ला समारोह समितिको आयोजनामा ७० औ प्रजातन्त्र दिवस प्रवचन कार्यक्रम गरि मनाईएको हो ।

१०४ वर्षको लामो जहाँनियाँ राणा शासन अन्त्य पछि देशमा २००७ सालमा प्रजातन्त्रको बहाली भएको खुसीयालीमा प्रजातन्त्र दिवस नुवाकोटका बिभिन्न स्थानहरुमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बुधबार भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ उपप्रमुख अपसरा थापा, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्य,नेपाली कांग्रेका सुरेन्द्र अधिकारी , राप्रपा संयुक्तका राकृष्ण भट्ट, पत्रकार शिव देबकोटा, नागरिक समाजका अध्यक्ष बाबुराम लामीछाने लगाएतका बक्ताहरुले निर्वाचनका समयमा जनताका सामु गरेका बाचाहरु अब जनप्रतीनिधीहरुले पुरा गर्नुको बिकल्प नरेको बताएका छन् ।
देशमा ठुला परिवर्तका लागी राजनितीक पाटीको भुमीका महत्वपुर्ण रहेको उल्लेख गर्दै बक्ताहरुले सबै कुरालाई जनताले अनुमोदन गरेकाले मात्र सम्भव भएको बताए । सहिदको सम्झनामा बर्षमा एक दिन माल्यअर्पण गर्नु भन्दा बर्ष भरीको मेहनतले सहितका सपना सकार गर्दा मात्र सहिदको सम्मान हुने बताए । निर्वाचन प्रकृया महांगो बन्दै गएको,बौद्धिक क्षमता भएका तर पैसा नहुनेहरुले चुनावमा सहभागी हुने अबसर पाटीका कार्यकर्ताहरुले नै नदिएको,जनप्रतीनिधीहरुले अनाबश्यक रुपमा मनोमानी रुपले खर्च बढाएको लगाएतका धारणा बक्ताहरुले राखेका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै बिदुर नगरपालीकाका प्रमुख सन्जु पंडितले संबिधानले निर्दिष्ट गरेका कुराहरुको जगमा टेकेर नै काम गरि रहेको बताए ।उनले नेपालको संबिधान बिश्वकै उत्कृट संबिधान रहेको बताउदै ती संबिधानको अक्षरांश पालना गरि जनताको अनुभुती सम्म पुराउने काम बाकी रहेको बताए ।
उनले देशमा अब आर्थिक ,सामाजीक बिकाशको मात्र समय आएको समेत उल्लेख गरे ।
बिदुर नगरपालीकाका उप प्रमुख गिता कुमारी दाहालले संबिधानको मर्म अनुसार नै आफुहरुले काम गरि रहेको बताए । उनले सेवा सुबिधा आफ्नो लागी भन्दा पनि जनताको काम गर्ने शिलशिलामा बाध्य भएर लिएको जिकीर गरे ।
त्यस्तै चौथौं निर्वाचन दिवसका अवसरमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले “निर्वाचन र लोकतन्त्र” विषय वक्तृत्वकला प्रतियोगीतामा स्वेता कोईरालाले प्रथम, सविना पाण्डे द्वितीय र लेनिन देवकोटा तृतीय भएका छन्।

विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र विदुर नगरपालिकाका प्रमुखले संयुक्त रुपमा क्रमश २५ सय, २ हजार र १५ सय रुपैया नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्