११ बैशाख २०८२, बिहीबार
Logo

काँग्रेसका ७६ वर्षीय स्थानीय नेता ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

गुल्मीमा नेपाली कांग्रेसका एक जना अन्दाजी ७६ वर्षीय स्थानीय नेता ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  गुल्मीदरवार गाउँपालिका वडा नम्वर–२ जुभुङ्गमन (साविक काँग्रेस जुभुङ्ग गाउँ कार्य समिति) का पूर्व सभापति एवम् हाल क्षेत्रीय प्रतिनिधि केशरसिंह सारु ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई सोमबार पक्राउ गरि आज अदालतमा जबरजस्ती करणी अभियोगको मुदा दर्ता गरि म्याद थप समेत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  पीडित ६ वर्षीया बालिकाकाअनुसार हिँजो दिउँसो घरमा कोही नभएको बेला आएर ५ रुपैयाँ पैसा दिई अप्राकृति ढंगले यौन क्रियाकलाप गरेका थिए ।

‘सुवेदार बाजेले  हाम्रो घर आएर ५ रुपैयाँ पैसा दिई त्यस्तो गर्नु भएको थियो’– ती बालिकाले भनिन्– ‘पहिला–पहिला पनि पैसा दिने गर्नुहुन्थ्यो ।’ ती बालिकाकी आमाले साँझ घर आउँदा छोरीले पिसाव फेर्न गाह्रो भएको भन्दै दुख्यो भनेपछि सोधपुछ गर्दा सुवदारबाले त्यस्तो कार्य गरेको बताएपछि उजुरी दिन आएको बताइन् ।

‘नेताहरुले हिजैदेखि गाउँ मै मिलाउनुपर्छ भनेर दवाव दिइरहेका छन् । श्रीमान घर हुनुहुन्न्, म एउटी महिलालाई ठुलो दवाव आउँदा समस्या भएको छ र गाउँमा बस्न डर लागेको छ , मुद्धा फिर्ता गर भनेर भन्छन्, बालिका छोरीलाई त्यस्तो कूकार्य गर्दा मैले कसरी सहेर बसुँ ?’ उनले भनिन् ।

Shivapuri rural municipality awareness message jalapanews

वडा नम्बर २ की वडासदस्य देविकुमारी रानाले आफुलाई समेत मुद्धा फिर्ता गराउन ठुलो दवाव आएको बताइन् । ‘बुढेसकालमा ती बृद्धलाई जेल नहालौं, माफी मगाएर मिलापत्र गरौं भन्दै  काँग्रेसका नेताहरुले दवाव दिएका छन् तर मैले यस्तो डर लाग्दो घटनामा कसरी मुद्धा फिर्ता गर्न बालिकाकी आमालाई दवाव दिउँ ?’ वडा सदस्य रानाले भनिन् ।

भारतीय सेनामा अनरोरी क्याप्टेनबाट अवकास प्राप्त सारुलाई गाउँमा कसैले सुवेदार बाजे त कसैले क्याप्टेन साव भनेर चिन्ने गरेका छन् । सारु काँग्रेसका स्थानिय अगुवा कार्यकर्ता एवं पुराना समाजसेवीका रुपमा चर्चित छन् ।

तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०५९/०६० सालतिर सारुसँग लसपस गरेको भन्दै कार्बाहीस्वरुप एक दलित महिलालाई तत्कालिन माओवादीले  उनको घर भित्र्याई दिएको तत्कालीन एक माओवादी नेताले बताए ।

उनले भने– ‘हो हामीले छिमेकी एक दलित महिलासँग ती बृद्धले लसपस गरेको उजुरी आएपछि उनको घरमै लगेर ती महिलालाई भित्र्याई दिएका थियौ । पछि केहि रकम दिएर ती महिलालाई हटाईयो ।’ काँग्रेसका स्थानीय नेताले भने यो विषयमा केही प्रतिक्रिया दिएका छैनन् । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्