१२ श्रावण २०८१, शनिबार
Logo

प्रेमका रङ हरू त्यो गुलाबी उमेर मा

कबिता

प्रेमका रङ हरू त्यो गुलाबी उमेर मा
गालामा चढ्दै गरेका गुलावि रंङ झै थिए
प्रेमका रङहरू ति बैशालु उमेरमा
हातमा समायर एक अर्कासंग
चियर्स गर्दै गरेका रङ्गिन ति वाइन झै थिए
प्रेमका रङहरू बुढ्यौलि उमेरमा
आफ्नै रङ्गिन तस्विरबाट बैशालु रङहरू हराएपछि
किल्टिमा उम्लदै गरेको त्यहि फिक्का चियाका
फिक्का रङहरू झै थिए

भएर पनि नभएको प्रेम
अनि नभएर पनि भएको प्रेम
मायाले पाउमा लगाउने ति पाउजुका
छमछम आवाजसंग
मायाले हातमा लगाउने ती चुराका
छङ छङ आवाजसंग
मायाका ओठमा छाउने मिठ्ठो मुस्कानसंग
भेटेर आउदा किन वर्णन गर्थ्यो
उसले आफ्नि मायाको
त्यो क्याफेमा कफिका चुस्किहरूसगै

सोध्ने गर्थ्यो मायालाइ मैले लगाइदिने
हिराको औठि संग साटिने
मायाको मुस्कानको चमक
समुन्द्रको किनारमा मैले बनाएको
मेरि मायाको त्यो सुन्दर मुस्कान
समएको छालसंगै फिक्का भएर हरायो भने

Shivapuri rural municipality awareness message jalapanews

म किन मुस्कुराउथे तिम्रो मायाको बर्णनमा
तिमिले तिम्रो मायाको लागि ल्याएको
गुलाफका फुलका ती सुभाषसंग म किन हराउथे
चुप चाप डायरिमा म तिम्रै लागि शब्दहरू
म किन कोरिरहन्थे
के प्रेम मौन हुन्छन
या प्रेमको कुन‌ै मूल्य हुन्छ

तिम्रि मायालाइ मन नपर्ने
फुटपाटका सस्ता चप्पलहरू
सपिङ मलमा पुगे पछि
महङ्गो बुटसंग किन मुस्कुराउथिन
फुटपाथमा तिमिले र मैले पिउने
चियाका ती स्वादहरू संग मुस्कुराउने
तिम्रो र मेरो मुस्कान
किन बिझाउथ्यो तिम्रि मायालाइ

ओइलाएका ती गुलाफका फुलहरू
मन नपर्ने तिमि
भन्थ्यौ प्रेम सधै भर्खरै फुलेकेो
त्यो गुलाफको फुल झै ताजा हुनु पर्छ
खुल्ला छाडिएका मेरि मायाको केश जस्तै
प्रेम सधै मगमगाउनु पर्छ

एकदिन तिमिले भन्यौ
भेट्दिनस मेरि मायालाइ
मैले भने कस्त छिन तिम्रि माया
तिमिले मुस्कुराउदै भन्यौ
चुरोट पिउदै आफ्ना ओठबाट
उ धुवाहरू उडाउछे
हातमा लिएका रङ्गिन वाइनहरूसंग
रङ्गिन मेरि मायाका मुस्कानहरू
कैद हुन्छन क्यानाभाषमा
शिसाका महलहरू मैले बनाएको छु
मेरि मायाको लागि
जहाँ उनी खुव मुस्कुराउछिन

आखाहरू बन्द गरेर म तिमी संगै हिडे
तिम्रि मायालाइ भेट्नु जो थियो
मैले सोधे खोइ त तिम्रि माया
ठुलो त्यो ऐनामा हेर त
मेरि माया मुस्कुराउदैछिन मेरै सामु
मेरि माया सपनिमा थिइन
जस्लाइ म भेट्न चाहन्थे प्रेम बनेर
प्रेम त्यहि मुस्कान थियो
जुन हामिले साथ बितायौ
गुलाफका ति राता रङहरू
केही समए पछि फिक्का हुनेछन
तर मायाका रङहरू
थपिएका चस्माका पावरसंगै
केही समएपछि पुछेर हेर्दा अझै गाढा देखिने छ

प्रेमका कितावहरू
प्रेमका शव्दहरू
प्रेमका तस्विरहरू
सोध्दै थिए किन र कसरी बदलिए
मायाका मुस्कानहरू
त्यो क्याफेका कफिका स्वादसंगै
साथमा छुटेका प्रेमहरू
वेफिक्रि जीन्दगीका रङहरुलाइ
धुवासंग उडाउने माया
पत्रा पत्रा भएर उडिरहेका गुलावहरु
फिक्का ओठका मुस्कानहरुसंग
अस्ताउदै गरेका प्रेमहरु
किन लेख्थे मायाका गाथाहरु

ऐनाबाट हराउदै गरेका गुलावि गालाहरूसंगै
ओइलाएका गुलाफको फुलसंगै
चस्माहरू पुछ्दै पढिएका एकथान प्रेमका कितावहरूमा
मोटो मोटो चस्मा लगाएर
फुटपाथमा पानी पुरी खादै
प्रेमका कितावहरू पढिरहेकि
मायाको सामु किन आउछिन
तेजावहरूले जलाइएका मायाको मुहारहरु
प्रेम का घ्रृणाहरू प्रेमका बाछिटाहरु
किन जलाउथे तेजाव बनेर मायाका मुहारहरू

धुवा बनेर उडिरहेका प्रेमहरू
किन भौतारिरहन्थे मायाको खोजिमा
गुलावका फुल र एकथान प्रेमका कितावहरू बोकेर
गुलावि उमेरमा गुलावि रङ बनेर आउने प्रेम
किन पर्खिन्थिन माया समुन्द्रको लहर संगै
थोता गिजा र चाहुरिएका अनुहार संगै
भेटिएर अनि पढेर छाडिएका
प्रेमका कितावहरु सामु
मायाको हातको औलामा टल्किएको हिराको औठि
किन बग्न सकेनन समुन्द्रका ती छालहरूसंगै
प्रेमका यादहरू बनेर

प्रतिक्रिया दिनुहोस्