कोरोना भाइरसलाई मध्यनजर गर्दै चीनले बन्द गर्याे किमाथांका नाका
संखुवासभा – संखुवासभाको उत्तरी सिमावर्ती किमाथांका नाका कोरोना भाइरसका कारण चिनियाँ पक्षले बन्द गरेको छ । १६ दिनदेखि यो नाका बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्न नपाएको स्थानिय बासिन्दाले बताएका छन् ।
सदरमुकाम खाँदबारी झर्न एक हप्ता लाग्ने भएकाले भोटखोला क्षेत्रका स्थानीय बासिन्दाहरु चीनको तिब्बत बजारमा नै निर्भर हुनुपर्ने अवस्था छ । कोरोना भाइरस रोकथामका लागि भन्दै गएको ५ गते देखि यो नाका बन्द छ ।
उज्यालोबाट
प्रतिक्रिया दिनुहोस्