१२ श्रावण २०८१, शनिबार
Logo

क्षेत्रपाल माबीको शैक्षिक उन्नतिमा पुर्व बिद्यार्थीहरु एकजुट

गुणस्तरीय तथा प्रबिधी मैत्री शिक्षाको बिकासमा सहयोग गर्ने उदेश्यले क्षेत्रपाल माध्यमिक बिद्यालयका पुर्व विद्यार्थीहरुको भेलाले एल्मुनाइ एशोसिएसनको गठन गरेको छ ।

क्षेत्रपाल माध्यमिक बिद्यालयको पुर्व बिद्यार्थीहरुको भेलाले एल्मुनाइ एशोसिएसनको अध्यक्षमा बिदेश मामलाका जानाकार डाक्टर बिक्रम तिमिल्सिना लाई चयन गरेको छ ।
एशोसिएसनको उपाध्यक्षमा गणेश थापा, सचिब राजिब न्यौपाने, सहसचिब दिवाकर अधिकारी, कोषाध्यक्ष सुफल थपलिया रहेका छन् ।

त्यसैगरी सदस्यहरु राम प्रसाद लामिछाने, मधु कुमार अधिकारी, राजन श्रेष्ठ, सरस्वती मल्ल श्रेष्ठ, रामेश्वर अगस्ती र सबिना पाठक रहेका छन।
एशोसिएसनको सल्लाहकारमा सुदर्शन अधिकारी, दिपक महत, भैरव अधिकारी, तिलक ढकाल, राजु श्रेष्ठ, अजुना ढकाल, मुकुन्द भन्डारी र राजेन्द्र कुमार ढकाल रहेका छन्, संरक्षकमा लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठ र वडा सदस्य प्रकाश राई रहेका छन् ।

बुधबार क्षेत्रपाल माध्यमिक बिद्यालयले आयोजना गरेको भेटघाट तथा पुनर्मिलन कार्यक्रमको अवसरमा बिद्यालयलाई आधुनिक एवम् गुणस्तरीय शिक्षालयको रुपमा अगाडी बढाउन आबश्यक सहयोग पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक हरि प्रसाद सुबेदिले बताए।

Shivapuri rural municipality awareness message jalapanews

चैत्र १६ गते बिद्यालयले स्थापनाको ५०औं वार्षिकोत्सब मनाउँन लागेको अबसरमा कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन भेलाले सहयोग पुग्ने बिश्वास गरिएको छ ।

गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्दै आएको नमुना बिद्यालय क्षेत्रपाल माध्यमिक बिद्यालयमा पुर्व साम्सद राजेन्द्र प्रकाश लोहनी, चर्चित बामपंथी नेता तोयनाथ थपलिया, ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष दिपक महत, अन्तरास्ट्रिय मामिलाका जानकार डाक्टर बिक्रम तिमिल्सिना, पुर्ब प्रदेश मन्त्री कल्पना नेपाली, जनयुद्धका चर्चित नेता धर्म अधिकारी, जसपाका नेता इश्वर कुमार राउत ,लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ, दुप्चेश्वर गाउँपालिका निवर्तमान अध्यक्ष योबिन्द्र सिंह तामाङ, पञ्चकन्या गाउँपालिका निवर्तमान वडा अध्यक्ष मणिनाथ लामिछाने, तत्कालीन गाबिस अध्यक्ष एवम् सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का निवर्तमान अध्यक्ष भैरब अधिकारी, क्षेत्रपाल माध्यमिक बिद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्ण बहादुर राई, नेपाल शिक्षक संघका नेता तथा स्थापित शिक्षक राम बहादुर थापा, पत्रकार तथा लेखक लव प्याकुरेल लगाएत दर्जनौं राष्ट्रिय ब्यक्तित्वहरु क्षेत्रपाल माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरु हुन ।

प्रतिक्रिया दिनुहोस्