भुतपुर्व बिद्यार्थी समितीमा अर्याल
भुतपुर्व बिद्यार्थी समितिको अध्यक्षमा रुपा अर्याल चयन हुनुभएको छ ।
प्रगतिशील माध्यमिक बिद्यालय बिदुर ३ को ब्याच २०६५ को भुतपुर्व बिद्यार्थीहरुको पुनर्मिलन तथा वनभोज कार्यक्रमको अबसरमा गठित समितीको सचिवमा बिष्णुहरी रिमाल’सत्य’ ,कोषाध्यक्षमा हरीराम रिजाल चयन हुनुभएको छ।
सदस्यहरुमा प्रजुना खड्का,उद्वव भट्टराई चयन हुनुभएको छ । साथै कार्यक्रमले सल्लाहकार समिती समेत चयन गरेको छ । सल्लाहकार समितीको संयोजकमा भुतपुर्व प्रध्यानाध्यापक बिष्णु प्रसाद अर्याल चयन हुनुभएको छ भने सदस्यहरुमा मधुसूदन नेपाल,सरस्वती खड्का,हक्किमा विवि र गणेश बहादुर भुजेल रहनु भएको छ ।
सल्लाहकार समितिले अक्षयकोष संचालनको लागि दस हजार रुपैया समेत हस्तान्तरण गरेको छ ।
भुपु विद्यार्थी समितिले कोष खडागरी प्रगतिशील माध्यमिक बिद्यालयमा अध्ययन गरिरहेका गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति दिने तथा अतिरिक्त क्रियाकलापला उत्कृष्ट हुनेलाई पुरस्कारको ब्याबस्था गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्