रसुवामा यात्रुवाहक वस दुर्घटना हुँदा ७ जना घाईते
रसुवाको कालिका गाउँपालिमा यात्रुवाहक वस दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।
काठमाण्डौंबाट रसुवाको धुन्चेतर्फ जाँदै गरेको प्रदेश ३–०१००५ ख–९४६५ नम्बरको यात्रुबाहक बस सडकबाट करिब सय मिटर खस्दा ७ जना घाइते भएको रसुवा प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालकसहित ११ जना रहेकोमा ४ जना सकुशल तथा ७ जना घाईते भएका छन् ।
घाईतेहरुको स्थानिय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाण्डौ लगिएको रसुवा प्रशासनले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्