मेरा काला अनुहार संग , दौडिरहेका रातो नेपाली रगतहरु
रुपा थापा
मेरा काला अनुहार संग
दौडिरहेका रातो नेपाली रगतहरु
पुष माघको याे जाडोमा
लग लग गर्दै झुपडीमा
कापेका मेरा ओठहरुसंग
मालिक मैले तिमीसंग एकसरो
न्यानो कम्बल मागे
हो एकसरो धोति बेरेर
तिमीलाई बर्सौदेखि पर्खिदा
तिमीले नदेखे पछि
मैले आवाज उठाए
बर्सौ देखि नफेरिएका चस्माहरुसंग
त्यो बर्षातको भेलमा
डुब्ने मेरो झुपडीजस्तै
नफेरिएका मेरा निएतिहरुसंग
डुङ डुङ गनाएका सिनोहरु
अव बोक्दिन मालिक भनेर
थोरै मैले चित्त दुखाए
मेरो फुलवाको लागि
तिमि संग अधिकार मागे
तर मालिक तिमीले ठानेउ
यो लाखन त बौलायो
मालिक तिम्रो महल
सुनको थालीले सजिदा
यो लाखन ले सिल्वरको थालि
अनि रतन्वा को लागि
आङ ढाक्ने चोली मागेको न हो
बर्सौ देखि चुप चाप सहेर
तिम्रा पाउहरुले कुल्चेर
घायल मेरा रक्ताम्य पाऊहरुले
थोरै बिद्रोह गरेको न हो
महलमा मिस्ठान्न भोजन बन्दा
मालिक मेरो झुपडीमा पनि
साझ पख चुलो बल्नु पर्छ भन्दा
कहिले नफेरिएका मेरा निएतिहरुसंग
अव त मेरो फुलवा को
नियति बदल्नु पर्छ भन्दा
हो मालिक बौलायो
यो लाखन त बौलायाे
मैले ऋण काटेर गरेकाे
मेराे पसिनाकाे मूल्य
ती मालिकले बर्षाै सम्म नदिदा
अब लखतरान भएका मेरा काधले
फेरि पनि ऋण काटेर
ती मालिकहरूकाे भारि बाेक्दिन भन्दा
हाे सरकार याे लाखन त बाैलायाे
प्रतिक्रिया दिनुहोस्