१२ श्रावण २०८१, शनिबार
Logo

छहरेमा बुद्ध भगवानको मुर्ती अनावरण

नुवाकोटको शिवपुरी, लिखु तथा पन्चकन्या गाउँपालिकाको संगमस्थल छहरे दोभानमा निर्माण गरिएको बुद्धमुर्तिको आज शनिवार अनावरण गरिएको छ ।

एतिहासिक, धार्मिक, सांस्कृतीक, कलात्मक, पर्यटकिय, दर्शनिय तथा रमणिय सन्तानेश्वर मन्दिर परिसरमा निर्मित बुद्ध प्रतिमाको संघिय सांसद हितवहादुर तामाङ, प्रदेश ३ का उपसभामुख राधिका तामाङ, प्रदेश सांसद बद्री मैनाली र लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।

बुद्ध मुर्तिको अनावरण गर्दै प्रमुख अतिथि तामाङले बुद्धको उपदेशलाई विश्वमानै फैलाउनका लागि अभियान चलाउनुपर्ने आवस्यकता रहेको वताउनुभयो । बिशेष अतिथी उपसभामुख तामाङ र सांसद मैनालीले अव देशमा समृद्धिका लागि अगाडी बढ्नुपर्ने भन्दै देश अब बुद्धले मार्गदर्शन गर्नु भएको शान्तिको वाटो हिंड्नुपर्ने वताउनुभयो ।

गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठले छहरे दोभानमा बुद्ध मुर्ति राख्नका लागि सहयोग गर्ने तथा निर्माणमा सक्रिय स्थानिय बासिन्दा लगायत सबैलाई धन्यवाद ब्यक्त गर्दै गाउँपालिकाको तर्फवाट थप ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

Shivapuri rural municipality awareness message jalapanews

यस क्षेत्रको दिर्घकालिन बिकासको निमिक्त मन्दिर क्षेत्र, घाट क्षेत्र, कुन्ड, ढुङ्गेधारा, धर्मशाला, कृयापुत्री भवन, सत्तल, मनोरम उधान लगायतका क्षेत्रमा बिभाजन गरी दर्शनिय र रमणिय क्षेत्रको रुपमा ब्यबस्थापन गर्ने गुरुयोजना रहेको ‘श्रीहरी समन्वयात्मक सत्सङ्ग प्रतिष्ठान नेपाल’ का महासचिव मदन कुमार शर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्