१२ श्रावण २०८१, शनिबार
Logo

गौरीकाले तेस्रो स्वर्ण दिलाईन देशका लागि

गौरिका सिंहले एक स्वर्णपदक थपेर सनसनी मच्याएकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ ।

चार सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्णपदक जितेकी हुन् । गौरिकाले यसअघि दुई सय मिटर ब्याकस्ट्रोक र दुई सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी थिइन् ।

एउटै सागमा यसअघि तीन वटा स्वर्णपदक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले जितेका थिएनन् ।

गौरिकाले यसै सागमा १ रजत र १ कास्यपदक पनि जितेकी छिन् । उनले सोमबार अन्तिम दिन दुई वटा स्पर्धामा खेल्दैछिन् ।

Shivapuri rural municipality awareness message jalapanews

आज नेपालले दुईवटा स्वर्ण थपेर स्वर्णपदकको संख्या ४५ पुर्‍याएको छ ।

नेपाललाई आज अर्को स्वर्ण जुडो खेलाडी देवकी खड्काले दिलाएकी हुन् । देवकीले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । सागको पदक तालिकामा ११४ स्वर्णसहित भारत शीर्ष स्थानमा छ ।

तेस्रो स्थानको श्रीलंकाको ३१, चौथो स्थानको पाकिस्तानको २६, पाँचौं स्थानको बंगलादेशको ८, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण रहेको छ भने पुछारको भुटानको ६ वटा कास्यपदक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्