१२ श्रावण २०८१, शनिबार
Logo

महराकाे बयान सकियाे, थुनछेक बहसका लागि आइतबार अदालतमा उपस्थित गराइने

काठमाण्डौ – जबरजस्ती करणी उद्योगको मुद्दामा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको शुक्रबार जिल्ला अदालत काठमाण्डौमा बयान सकिएको छ । 

गएको असाेज १९ गते पक्राउ परेका महरालाई बिहीबार बयानका लागि अदालत लगिएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको अदालती बयान गराइएको अदालतका फैसला कार्यान्वयन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो । 

बिहीबार ढिला गरी महराविरुद्ध अभियोग दर्ता भएकाले बिहीबार बयान लिन नसकिएको र शुक्रबार बयान लिइएको हो । महराविरुद्ध सरकारी वकिल कार्यालयले बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । 

महराको बयान सकिएको र अब थुनछेक बहसका लागि आइतबार अदालतमा उपस्थित गराउने अनुमति दिइएको पनि पोखरेलले जानकारी दिनुभयो । 

Shivapuri rural municipality awareness message jalapanews

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ । अदालतको फैलसा कार्यान्वयन अधिकारी पोखरेलले बहस नसकिएकाले महराबारे थप अरु केही भन्न नमिल्ने पनि बताउनुभयो ।उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्