२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

धानको न्वारन गर्ने परम्परा ‘हरेलो’ पहाडमा हराउँदै

नेपालमा परापुर्बकालदेखि अनेकौं संस्कृति र परम्परा पुस्तौ पुस्तामा हस्तान्तरण हुंदै आएको छ ।

त्यसैमध्ये कृषकहरुको एउटा छुट्टै परम्परा हो हरेलो । हरेलो गरेपछी खेतबाट उत्पादित चामल चोखो हुने र मुसा तथा चराचुरुङगीहरुबाट धान सुरक्षीत हुने किम्बदन्ती रहेकाले हरेलो गरिने गरेको किसान नन्दलाल सुवेदी बताउछन् । प्रत्येक बर्षको भाद्र महिनाको पहिलो मंगलबार खेतकोे आलीमा मियालोको हांगा गाडेर आली वा डीलमा पुजा आजा गरे पछी मात्र असारमा रोपेको विउ अथवा रोपो लाइ धान भनेर नाम राखीएको किसानहरुको भनाइ छ ।

कतिपय समाजमा हरेलो नगरेको धानबाट उत्पादित चामल शुभकार्यमा प्रयोग गर्न नहुने र प्रयोग गरे अनिष्ट हुने पराम्परागत मान्यता रहिआएको छ । रोपेको खेतको डिलमा मियालोको हांगा त्यसमा मकैको भुत्ला राखी खेतको डिलमा गाडेर पुजा आजा गरेपछी रोपोको नाम धान हुने र अक्षता एब शुभकार्यमा प्रयोग गर्न मिल्ने बिश्वास कृषकहरुको छ ।

परापुर्व कालदेखी नै यस्तो चलन चल्ती चल्दै आएता पनि पछिल्लो समयमा खेतमा हरेलो गर्नेको संख्या धेरै मात्रामा कम हुदै गएको छ । कृषिमा आएको आधुनीक कृषि प्रणालीको अवधारणाले हरेलो गर्ने परम्परा लोपोन्मुख अबस्थामा पुगेको देखिन्छ ।न्युज २४ बाट

प्रतिक्रिया दिनुहोस्