१२ श्रावण २०८१, शनिबार
Logo

अलैचीको निकै सम्भावना बोकेको गाउ किम्ताङ

किम्ताङका तेजेन्द्र तामाङ अलैचि खेतीको उत्पालनबाट निकै खुशी छन् । उनले २०७१ साल देखी अलैची खेती गर्न सुरु गरेका थिए । सुरुमा उनले करिब ५० हजार लगानी गरे । उनले धान मकै नफल्ने जमिनमा अलैची सगै किवी खेती गरेका छन् । एक पटक रोपे पछि ४ बर्ष सम्म पुन बिरुवा रोप्न नपर्ने भएको हुदा लगानी कम र उत्पादनको प्रतिफल बढी पाइने तामाङ बताउछन् । “अन्त पनि काम गर्छ, किवी खेती पनी छ , अलैची खेती गर्न सजिलै छ, अबका दिनमा सबै जमिनमा अलैची तथा किवी खेती गर्छु , धान मकै राम्रो फल्दैन”जालपा समाचार संगको भेटमा उनले भने । तेजेन्द्र तामाङका अनुसार गाउमा उनका अलावा गाउका सबै जनाको धेरै थोरै अलैती खेती रहेको छ । अलैची पाकेपछि सबैको उत्पदान आफुले प्रति किलो ७ सयको दरले संकलन गरि अन्यन्त्र बिक्रि गर्ने गरको बताउछन् ।

गाउमा सबैको अलैची खेती छ कसैको १० किलो कसको ५ किलो र आफ्नो उत्पादन सहित गरेर गत बर्ष उनले साढे ३ टन अलैची बिक्री गरेको उनी बताउछन् । बर्षमा एक लाख ५० हजार जती आम्दानी हुन्छ , अबका दिनमा सबै जग्गामा अलैची र।ेप्ने उनको योजना छ । आगामी बर्षमा ९ रोपनी जमीनमा अलैची सगै किवी खेती गर्ने तामाङ बताउछन् । तर बजारले कहिले काही समस्या बताउने हुदा स्थानिय सकारले सहजीकरण गर्दिए आफु जस्तै सबै कृषको हित हुने धारणा तामाङको छ ।

प्रतिक्रिया दिनुहोस्