१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा १३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाइयो, नुवाकोटका मजदुरले पाएनन् अझै न्यूनतम ज्याला

विदुर, देश निमार्ण महत्वपूर्ण भुमिका मजदुरहरुबाट भएको विदुर नगरपालिकाका उपप्रमुख गिता दाहालले बताउनु भयो ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार १३०औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उप प्रमुख दाहालले मजदुरहरुको हक र अधिकारका निम्ती नगरपालिकाले मजदुरको आवाज वोल्ने भनाई व्यक्त गर्नु भयो । उहाले एक आपसमा आरोप प्रत्यारोप भन्दा पनि सरोकारवाला पक्ष सबै एकताबद्ध भएर मजदुरको अधिकार दिलाउन तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो “मजदुरहरु आउनुहोस छलफलमा बसौ नगरपालिकाले मजदुरको आवाज निकाल्ने छ ।”
समान कामको समान ज्याला तथा सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन, गर्नु पर्ने बताउदै विदुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले मजदुर हरुको हकहितका लागी आवाज बुलन्द पार्ने नेपाल टेड युनियन काङ्ग्रेस रहेको दावी गर्नु भयो ।
उहाले भन्नु भयो, “मजदुरहरुको अधिकारका लागी नेपाल टेड युनियन काङ्ग्रेस स्थापना भएको पहिलो संस्था हो ।”
विश्वका मजदुर एक होऔ, सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन गरौँ, समान कामको समान ज्याला जस्ता विभिन्न नारा सहित विदुर नगरपालिका वडा नं ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको गेटबाट सुरु भएको र्याली विदुरको लोकतान्त्रिक चौतारामा पुगेपछि कोण सभामा परिणत भएको हो ।
१३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नुवाकोटमा नेपाल टेड युनियन महासंघ नुवाकोट,अखिल नेपाल टेड युनियन नुवाकोट, संयुक्त टेड युनयिन, नुवाकोट, नेपाल टेड युनियन महासंघ नुवाकोट नेपाल टेड युनियन काङ्ग्रेस नुवाकोट, पेशागत महासंघ नुवाकोट लगायतका संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
उक्त कार्यक्रममा अखिm नेपाल टेड युनियनका सचिव विष्णु न्यौपाने, निजामति कर्मचारी युनियन संघ अध्यक्ष निलम भुसाल, नेपाल राष्टिय कर्मचारी संगठनका प्रतिनिधि बद्री भण्डारी, टेड युनियन काङ्ग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले सरकारका विकासका योजना फितलो हुन नदिन स्थानीय तहलाई राज्यले तोकेको न्युनतम ज्याला मजदरलाई दिनका लागी आग्रह गरेका थिए ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन हरेक श्रमिकको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।बुधबार देशभरका सरकारी कार्यालयहरुलाई मजदुर दिवसको अवसरमा सार्वजानिक विदा दिइएको छ ।
विभिन्न कार्यक्रमका साथ दिवस मनाइरहँदा श्रमिकले न्यूनतम तलब र सामाजिक सुरक्षा पाउन सकेका छैनन् । सरकारले गएको साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । यस्तै दैनिक ज्याला ५ सय १७ र प्रतिघण्टा ६९ रुपैयाँ तोकिएको छ । चिया बगानमा काम गर्ने श्रमिकको भने मासिक तलब १० हजार ७ सय ८१, दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ निर्धारण गरिएको छ ।तर धेरै श्रमिकले न्यूनतम तलब पाउन सकेका छैनन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ठूला र राम्रा भनिएका २७ दशमलव १२ प्रतिशत रोजगारदाताले न्यूनतम पारिश्रमिक दिएका छैनन् । ४४ दशमलव ७ प्रतिशत रोजगारदाताले रोजगार सम्झौताबिना काममा लगाउने गरेका छन् । ५९ दशमलव ३२ प्रतिशत रोजगारदाताले श्रमिकलाई ८ घण्टाभन्दा बढी काम गर्न बाध्य बनाउने गरेका छन। श्रमिक लाई न्यूनतम ज्याला मात्रै नभई महिला र पुरुष विचको ज्यालमा पनि विभेद रहेको नुवाकोटका मजदुरले गुनासो गरेका छन् । नुवाकोटका मजदुर भन्छन्“ १३ हजार ४ सय ५० हैन हामी १० देखि १२ घण्टा ६ सात सयमा काम गर्छौ । ” नुवाकोटका सरोकारवालाले श्रमिकको हकहितका लागी हामी लागी परेको छौ भन्ने भनाईलाई मजदुरको यो गुनासोले प्रश्न चिन्ह खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्