पूर्वपरराष्टमत्री डा. भेषबहादुर थापालाई पुत्रीशोक
पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई पुत्रीशोक परेकाे छ । थापाले याे दोस्रोपटक सन्तान बियोग खेप्नुपरेको हाे । ५ वर्षअघि छोरा भाष्कर गुमाएका डा. थापाले अहिले जेठी छोरी गुमाउनुपरेको छ । न्युयोर्कमा बस्दै आएकी सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको हाे ।
तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् । परिवारका सदस्यहरुबीच उनको निधनको घोषणा गरिएको पत्रकार तथा तेजश्रीकी बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्