१२ श्रावण २०८१, शनिबार
Logo

तीनमहिने सुइका ३ साइड इफेक्ट : सकेसम्म प्रयोग नगरेको राम्रो जानकारीको लागी सबैलाई सेयर गरौ

नेपालमा पनि यो सुइ प्रयोग गर्नेहरुको संख्या ठुलो छ । नेपालमा संगीनी नामको तीन महिने सुइ विक्री वितरण गर्ने कम्पनी नेपाल सीआरएस कम्पनीका अनुसार नेपालमा ६६ लाख भन्दा बढी संगीनी सुइ विक्री भइसकेको छ तर तीनमहिने सुइले विभिन्न खाले साइड एफेक्ट ल्याउने गरेको गुनासो गरिरहेका छन् ।तीन महिने सुइ प्रयोग गरेकाहरुले यसबाट हुने विभिन्न खाले साइड एफेक्ट हुने गरेको गुनासो पोखेपछी हामीले पनि यसबारे अनुसन्धान गरेका थियौं । नेपालमा मात्र होइन विदेशमा पनि डाक्टरहरुले सकेसम्म यो सुइ प्रयोग नगर्न सल्लाह दिने रहेछन् ।महिलाको स्वास्थ्य र त्यसमा पनि गर्वाधारण सम्बन्धि विश्वचर्चित अनलाइन मिरेना डटकमले पनि यस औषधिको प्रयोगबाट हुने हानी वा साइड एफेक्टका बारेमा आफ्नो वेवसाइटमा स्पष्टसँग लेखेको छ ।के के हुन्छन् त साइड एफेक्ट ?मिरेना डटकमका अनुसार यो सुइको प्रयोगले धेरै खालका साइड एफेक्टहरु देखिन्छन् ।

१. तीन महिने सुइको प्रयोगले महिलामा मोटोपाना आउन सक्छ । सुइभित्र हुने विशेष तत्वका कारण मोटोपाना आउँछ । स;गीनी सुइ लगाएर फर्सी, काँक्रो, खर्बुजा लगायतलाइ छिटो ठुलो बनाएर बेच्ने गरेको तथ्य यसअघि धेरैपटक सार्वजनिक भइसकेका छन् ।यो सुइको प्रयोगले ओठ, अनुहार, वा जिब्रो सुण्डीने समस्यासमेत निम्त्याउन सक्छ । यो सुइको प्रयोगले विभिन्न खाले छालाका रो’गहरुपनि ल्याउन सक्छ ।

२. महिनावारीमा समस्या देखिन्छ । यो सुइको प्रयोगले कहिलेकाहीं ६ महिनासम्मपनि मासिक स्राव नहुन सक्छ । यसले गर्दा महिलाहरुको समग्र स्वास्थ्यमा असर गर्छ । यो सुइको प्रयोगले स्तन क्यान्सरसम्मपनि हुन सक्छ । विशेषगरी युवा अवस्थाका महिलाहरुमा यो सुइको प्रयोगले स्तन क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । यसले शरीरको हड्डीमा पनि असर गर्न सक्छ । यसले हड्डीसँग सम्बन्धित विभिन्न रोगहरुपनि ल्याउन सक्छ ।३. यो सुइको प्रयोगले १०० % गर्वधारण रोक्छ भन्ने नै छैन । यसअघि संगीनी सुइ प्रयोग गरेका तर गर्व बसेका उदाहरणहरु धेरै छन् । यसो त प्रेसरका बि’रामीहरुलाई यो सुइले झनै असर गर्ने डाक्टरहरुको सुझाव छ । यसले मांशपेशीहरुलाई अनावश्यक मोटो वा दह्रो बनाउने गरेको छ । खसी बलियो बनाउन संगीनी सुइको प्रयोग गरिएको समाचार यसअघि नै विभिन्न पत्रपत्रिकाहरुले प्रकाशित गरिसकेका छन् ।

डाक्टर भन्छन्, सकेसम्म प्रयोग नगरेको राम्रो यता विभिन्न डाक्टरहरुले भने संगीनी सुइ सकेसम्म प्रयोग नगरेको राम्रो भएको बताएका छन् । काठमाडौँको कोटेश्वर, बानेश्वर लगायतका विभिन्न मेडिकल हलमा रहेका औषधि पसल सञ्चालकदेखि केहि डाक्टरहरुले नै रिस्क कम गर्ने बहानामा बढी साइड एफेक्ट हुने हुनाले संगीनी सुइ प्रयोग नगर्न सल्लाह दिने गरेका छन् ।‘हामीले प्रयोग गर्नु हुँदैन भनेर मिडियामा भन्दा हामीलाई नै अफ्ट्यारो पर्छ । मेरो नाम नखुलाउने हो भने म स्पष्ट भन्छु कि संगीनी सुइ प्रयोग गर्नु कुनैपनि हिसावले ठिक छैन ।’ कोटेश्वरको एक क्लिनिकमा भेटिएका एक डाक्टरले भने । ‘संगीनी सुइ ठिक होइन । ७२ घन्टे औषधि त झन् प्रयोग गर्नु नै हुन्न । आइरन चक्की सहितका पिल्सहरु प्रयोग गर्नु केहि हदसम्म ठिक हो । परिवार नियोजनको अस्थाई साधनको हकमा स्वास्थ्यका हिसावले कन्डमभन्दा राम्रो विकल्प केहि हुन्न ।’ उनले भने ।

Shivapuri rural municipality awareness message jalapanews

अरु देशका डाक्टरहरुले त यो सुइ प्रयोग गर्ने नहुनेसमेत सल्लाह दिने गरेका छन् । विभिन्न डाक्टरहरुले आफ्नो ब्लगमा यो औषधि प्रयोग नगर्न सल्लाह दिएका प्रशस्त उदाहरणहरु इन्टरनेटमा पाइने गरेका छन् ।के भन्छ नेपाल सीआरएस कम्पनी ?नेपाल सीआरएस कम्पनीले संगीनी सुइ नामक तीन महिने सुइ नेपालमा वितरण गर्ने गरेको छ । कम्पनीले मोटो रकम खर्च गरेर यसबारे प्रचारपनि गरिरहेको छ । तर प्रचारमा कतै पनि उसले यसको साइड एफेक्टबारे बोलेको छैन । संगीनी सुइको प्रयोगले तीन महिना ढुक्क गर्वधारण नहुने भन्दै प्रचार-प्रसार बिगत लामो समयदेखि गरिंदै आएको भएपनि पछिल्लो समय संगीनी सुइ प्रयोग गरेका धेरै महिलाहरुले यसबारे गुनासो पोख्न थालेपछि डाक्टरहरुले नै सकेसम्म संगीनी सुइ प्रयोग नगर्न सल्लाह दिइरहेका छन् ।

यसबारे बुझ्न हामीले नेपाल सीआरएस कम्पनीमा सम्पर्क गरेका थियौं । कम्पनीका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै केहि साइड एफेक्ट हुने भएपनि स्वास्थ्यलाईनै प्रतिकुल असर गर्ने केहिपनि नहुने दावी गरेकि छिन । ‘महिलाको स्वास्थ्य हेरेर केहि साइड एफेक्ट हुनु वा त्यसखाले लक्षण देखिनु स्वाभाविक हो । तर स्वास्थ्यका हिसावले संगीनी सुइ सुरक्षित छ ।’ उनले भनिन् ।सीआर एस कम्पनीले परिवार नियोजनमा आफ्नो कम्पनीले ठुलो योगदान दिएको कुरामा कुनै दुइमत छैन । तर विभिन्न अस्थाई साधनको प्रयोगबाट हुने साइड एफेक्टबारे नबोल्दा प्रयोगकर्ताहरुको गुनासो आउने क्रम बढेको छ भने कम्पनीले यसको साइड एफेक्टका बारेमा किन बोलेन भन्ने ठुलो प्रश्न चिन्ह उठेको छ ।

प्रतिक्रिया दिनुहोस्