४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

आईपीएल खेल्न सन्दीप दिल्लीमा

unn.prixa.net

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले मंगलबार इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औँ संस्करणअन्तर्गत लिग चरणको पूरा खेलतालिका सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक खेलतालिकाअनुसार आईपीएलको पहिलो खेल मार्च २३ मा चेन्नईकाे एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुनेछ ।

त्यस्तै समूह चरणको अन्तिम खेल भने मे ५ मा मुम्बईमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ ।

आउँदो लोकसभा चुनावलाई मध्यनजर गर्दै यस पटक आईपीएलको समयमा परिवर्तन गरिएको छ । खेल भारतीय समयअनुसार बेलुका चार बजे र आठ बजेबाट सुरु हुनेछ ।

प्लेअफको खेलतालिका भने पछि सार्वजनिक गरिने छ । यस पटक आईपीएलको फाइनल चेन्नईमा हुने बीसीसीआईले जनाएको छ ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले यस पटक पहिलो खेल आउँदो आइतबार अर्थात मार्च २४ तारिखका दिन साँझ ८ बजेमुम्बईमा मुम्बई इन्डियन्ससँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा दिल्लीले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आईपीएल खेल्न बुधबार दिल्ली गैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्