अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा अन्तरपाटी महिला संजालको अन्तरक्रिया
बिदुर –अन्तराष्ट्रियश्रमिक महिला दिवस नुवाकोटको बिदरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
१०९औँ श्रमिक महिला दिवसको अवसरमा अन्तरपाटि महिला सन्जाल नुवाकोटद्दारा आयोजित कार्यक्रममा संजालका अध्यक्ष बिन्दा ढुंगानाले महिला शसक्तिकरणको लागी क्षमता अभिबृद्धिसगै शिक्षा र रोजगारमा समेत सक्षम हुनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्षढुंगानाले महिला र पुरुषलाई समानताको लागी कानून बलियो भएपनि कार्यान्वयन प्रभावकारी नभएको बताउनु भयो ।त्यसको लागीे विभेद रहित नीति अवलम्बवन गर्न योजना सहित अघि बढ्न लागेको बताउनु भयो । तर बिभिन्न कार्यक्रम संचालन गर्न बजेटको चरम अभाब रहेको उहाको भनाक्षर्् छ ।
कार्यक्रममा संजालका सदस्य बिन्दा अर्यालले परम्परागतदेखि रहेको विभेदलाई हटाउन समान कामको समान ज्याला कार्यान्वयन, रोजगारमा महिलालाई प्रथामिकता, शिक्षामा बालिकाहरुको पहुँच सुनिश्चित गर्न विशेष सहयोग र अनुदानका कार्यक्रममा सहजिकरण लगाएतका काम बिगत देखी नै गदै आएको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी का (नेकपा) प्रदेस सदस्य सुभद्रा नेपालले जोखिममा पर्न सक्ने महिला कमजोर बर्गमा हुने भएकाले उनीहरुको लागी आर्थिक रुपमा सम्मुनत बनाउन स्वरोजगार, जिविकोपार्जन लगायतका काममा लाग्न सबैमा आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्