कुमलटारमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नुवाकोट। नुवाकोटको बिदुर नगरपालिका–३, कुमलटारमा स्थानीय बासिन्दालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। सेती देवी आधारभूत विद्यालय, कुमलटारमा सञ्चालन हुने उक्त शिविरमार्फत स्थानीय नागरिकलाई स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिनेछ।
आयोजकका अनुसार शिविरमा चिकित्सक, नर्स तथा फार्मेसीसम्बन्धी जनशक्तिसहित कुल १४ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछन्। शिविरमा पाँच जना चिकित्सक, पाँच जना नर्स तथा चार जना फार्मासिस्टको सहभागिता रहने जनाइएको छ।
शिविरका लागि नेदरल्यान्ड्सस्थित लक्ष्मी सपोर्ट फाउन्डेसनले प्रायोजन गरेको छ भने काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालले सहयोग गरेको छ।

स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना हुन लागेको यस शिविरले सर्वसाधारणलाई स्वास्थ्य जाँच तथा स्वास्थ्यसम्बन्धी परामर्श प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
शिविर कात्तिक १२ गते सञ्चालन हुने छ। आयोजकले स्थानीय बासिन्दालाई शिविरमा सहभागी भई उपलब्ध स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्