सुन्दरादेवी आधारभूत विद्यालयको शिक्षक छनोट प्रक्रियामाथि प्रश्न

बिदुर, नुवाकोट: बिदुर नगरपालिकाअन्तर्गत श्री सुन्दरादेवी आधारभूत विद्यालयको रिक्त बालकोटा पदमा गरिएको शिक्षक छनोट प्रक्रियामाथि प्रश्न उठेको छ।
उक्त पदका लागि चार जना उम्मेदवार सहभागी भएका थिए। सार्वजनिक रूपमा उल्लेख गरिएका विवरणअनुसार केही उम्मेदवार उच्च शैक्षिक योग्यता र लामो शिक्षण अनुभव भएका थिए भने अन्तिम रूपमा +२ उत्तीर्ण उम्मेदवार नियुक्त भएको दाबी गरिएको छ।
यस विषयलाई लिएर स्थानीय स्तरमा छनोट प्रक्रिया योग्यता, अनुभव वा अन्य कुनै आधारमा गरिएको हो भन्नेबारे जिज्ञासा र असन्तुष्टि व्यक्त गरिएको छ। आलोचकहरूले लिखित परीक्षा लिइए पनि परिणाम पूर्वनिर्धारितजस्तो देखिएको आरोप लगाउँदै छनोट प्रक्रियालाई पारदर्शी बनाउन र स्पष्ट मापदण्ड सार्वजनिक गर्न माग गरेका छन्।
यद्यपि, यस विषयमा विद्यालय व्यवस्थापन तथा बिदुर नगरपालिकाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। सम्बन्धित पक्षको धारणा आएपछि घटनाबारे थप स्पष्ट हुन सक्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्