बिदुरमा कोदो दिवस, कोदो संरक्षणमा जोड

नुवाकोट, श्रावण १६ — “कोदोबाली संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षाको सम्बद्र्धन“ भन्ने मूल नाराका साथ नुवाकोटको विदुर नगरपालिका–१०, गेर्खुटारमा कोदो दिवस सम्पन्न भएको छ।

विदुर नगरपालिका–१० वडा कार्यालयको आयोजनामा तथा जलवायु मैत्री कृषक समूह, विदुर–१०, गेर्खुटार को सह–आयोजनामा सम्पन्न कार्यक्रममा कोदो खेतीको संरक्षण, उत्पादन वृद्धि, पोषणयुक्त खाद्यान्नको उपयोग तथा स्थानीय कृषिको प्रवद्र्धनबारे छलफल गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, कृषि प्राविधिक, कृषक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कोदो जस्ता रैथाने बालीको संरक्षण र व्यावसायिक उत्पादनमार्फत खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले रैथाने बालीप्रति जनचेतना अभिवृद्धि गर्दै कोदो खेतीको संरक्षण र प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्