११ श्रावण २०८३, सोमबार
Logo

अखिल नेपाल ब्युटिसियन श्रमिक सङ्घमा सृजना दुलालको नेतृत्व

‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ आयोजित सेमिनारले जिल्लाका ब्युटिसियन व्यवसायमा आबद्ध श्रमिकहरूको पेशागत हकहित, क्षमता विकास तथा अधिकार संरक्षणका विषयमा छलफल गर्नुका साथै २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।

भेलाबाट सृजना दुलाल अध्यक्षमा चयन भएकी छन्। त्यसैगरी सरिता पाण्डे र सृजना तामाङ उपाध्यक्ष, शर्मिला कुमाल सचिव, चन्द्रा तामाङ सहसचिव तथा सरस्वती अधिकारी कोषाध्यक्षमा चयन भएका छन्।

यसैगरी सदस्यहरूमा चन्द्रा तामाङ, सबिना गुरुङ, लक्ष्मी उप्रेती, अनिता बिक र संगीता लामिछाने चयन भएका छन्। समितिका बाँकी सात सदस्य भने पछि मनोनयनमार्फत चयन गरिने जनाइएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले ब्युटिसियन पेशालाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सौन्दर्यकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सीपमूलक व्यवसायलाई आत्मनिर्भरताको आधारका रूपमा स्थापित गर्दै श्रमिकहरूको अधिकार, सामाजिक सुरक्षा र पेशागत संरक्षणका लागि सङ्गठनले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

Shivapuri rural municipality awareness message jalapanews

अखिल नेपाल ब्युटिसियन श्रमिक सङ्घ, नुवाकोटले जिल्लाभरका सौन्दर्यकर्मीहरूलाई एउटै छातामुनि संगठित गर्दै उनीहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र संरक्षणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्