प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधी दुप्चेश्वरलाई
प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधी दुप्चेश्वरले हात पारेको छ ।
नुवाकोट भलिबल संघको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा तादी गाउँपालिका दोश्रो, पञ्चकन्या गाउँपालिका तेश्रो र बिदुर नगरपालिकाले सान्त्वना स्थान हात गरेका छन् ।
प्रतियोगितामा पहिलो हुने टोलि दुप्चेश्वरले ५० हजार, दोश्रो तादीले ३० हजार, तेश्रो पञ्चकन्याले १५ हजार र चौथो स्थानको बिदुर नगरपालिकाले १० रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी बिधागत उत्कृष्ट भएका खेलाडी लाई पुरस्कार स्वरुप प्रती खेलाडी ५ हजारका दरले हस्तान्तरण गरिएको थियो । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी दुप्चेश्वरका राजकुमार तामाङ घोषित भए । त्यसैगरी बेस्ट स्पाइकर तादिका अभिषेक शाही ठकुरी, बेस्ट डिफेन्डर पञ्चकन्याका सुबास कार्की, बेस्ट सर्भर बिदुरका सन्तोष थापा, बेस्ट ब्लकर दुप्चेश्वरका पुष्कर थापा र बेस्ट सेटरमा दुप्चेश्वरका मीन बहादुर तामाङ घोषित भए ।
प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी संघीय साम्सद एवम् पुर्ब खेलकुद मन्त्री हित बहादुर तामाङले राज्यले खेलकुद क्षेत्रलाई विशेष महत्त्व दिनुपर्ने बताउनु भयो । प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश साम्सद रमेश कुमार महत, जिल्ला समन्वय समितीका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, लिखु अध्यक्ष ध्रुब श्रेष्ठ, तादी अध्यक्ष सन्तमान तामाङ, दुप्चेश्वर अध्यक्ष शंकर बहादुर थापा, जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सन्तोष राई लगायतको उपस्थित रहेको थियो। मंसिर आठ गतेदेखी सन्चालन भएको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्