१२ श्रावण २०८१, शनिबार
Logo

गैरकानुनी शिक्षक सरुवाको निर्णय सच्याउन कांग्रेस नेताको सुझाव

तारकेश्वर गाउँपालिकाले गैरकानुनी रुपमा शिक्षक सरुवा गरेको बिषयमा नेपाली कांग्रेसका तिन जना नेताहरुले समान धारणा व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस महासमिती सदस्य चोकराज शाक्य, नेपाली कांग्रेस तारकेश्वर सभापति केशवराज अर्याल र नेता हरि श्रेष्ठले सामाजिक संजाल मार्फत समान धारणा व्यक्त गरेका हुन् ।


तारकेश्वर गाउँपालिकाले शैक्षिक सत्रको बिचमा अनावश्यक रुपमा शिक्षक सरुवा गरेर बिवाद चर्कि रहेको समयमा पालिकाले गरेको सरुवा ब्यावहारीक नभएकोले तत्काल सरुवा रोक्न आग्रह गरेका छन् ।


नेताहरूले सामजकि संजालमा आफ्नो धारणा ब्याक्त गर्दै भनेका छन् “अधिकांश कार्यपालकिा सदस्यको बिरोध, २,३,४ र ६ वडाका अध्यक्षको असहमती र शैक्षिक सत्रको बिचमा सरुवा गर्दा शैक्षिक बातावरण खलबलिने चिन्ता ब्यक्त गरेका छन् ।
संघीय शिक्षा ऐन र पालिकाले पारित गरेको ऐन बिपरित पालिका अध्यक्षले एकल रूपमा गरेको निर्णय फिर्ता लिएर छलफल पश्चात आबस्यकता अनुसार सरुवा गर्न सुझाव दिएका छन् ।


गाउँ शिक्षा समितीले आधारभुत तहका बिद्यालयमा अध्यापन गराइ रहेका माथिल्लो योग्यता भएका शिक्षकहरूको मात्र सरुवा गर्ने निर्णय गरेकोमा शिक्षा समितीको निर्णय बिपरित अध्यक्ष शिव अधिकारीले एकै पटक ८६ जना शिक्षक सरुवा गरे पछि सामुदायिक बिद्यालयहरुमा शैक्षिक बातावरण बिग्रिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्